Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिका : बफेलो सुपरमार्केटमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु

अमेरिका : बफेलो सुपरमार्केटमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु


अमेरिकाको न्युयोर्कस्थित ‘बफेलो सुपरमार्केट’ मा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आक्रमणपछि किशोरले आत्मसमर्पण गरेका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार, प्रहरी अधिकारीहरूले भने कि १८ वर्षीय युवकले सैनिक जस्तै देखिने पोशाक र कवच लगाएका थिए । आक्रमणकारी किशोरले हेलमेट लगाएका थिए, जसमा फिक्स क्यामेरा थियो र आक्रमणको लाइभ स्ट्रिमिङ गरिरहेको थियो ।

शहरका प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले किशोरले पसल बाहिर चार जनालाई गोली हानेको जानकारी दिए ।

जोसेफले भने, ‘ पसलमा प्रवेश गरेपछि गार्डले किशोरलाई गोली हाने तर बुलेट प्रुफ ज्याकेट लगाएकाले त्यसको केही असर भएन ।’

यसपछि बन्दुकधारी किशोरले गार्डको पनि हत्या गरेको आयुक्तले बताए ।

आक्रमणमा परेका ११ जना काला र दुईजना गोरा रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसलाई ‘जातीय उत्प्रेरित हिंसात्मक अतिवादी’ आक्रमणको रूपमा अनुसन्धान गरिरहेको छ ।

 


क्याटेगोरी : अमेरिका
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस