बाइडेन–पुटिनबीच टेलिफोन वार्ता हुँदै
एजेन्सी -रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्दैछन् । राष्ट्रपतिद्वयबीच वार्ता हुने योजनारहेको मस्कोका स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ।
‘वास्तवमा, अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको छ शनिबार दुई राष्ट्रपतिले वार्तालाप गर्ने कार्यक्रम छ’ क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ। पेस्कोभले अमेरिकी पक्षबाट वार्ताका लागि लिखित अपील गरिएको जानकारी दिएका छन् ।
यसैबीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको बारेमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयुका प्रमुखहरू सहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम छ ।
यसैबीच, अमेरिकाले युक्रेनमा रहेका सबै अमेरिकीहरूलाई आगामी २४ देखि ४८ घण्टाभित्र युक्रेन छाड्न आह्वान गरिरहेको राष्ट्रिय सुरक्षा सल्लाहकार (NSA) जेक सुलिभानले उल्लेख गरेका छन् । ‘हामी यस बिन्दुमा स्पष्ट हुन चाहन्छौं। युक्रेनमा रहेका कुनै पनि अमेरिकीले जतिसक्दो चाँडो र कुनै पनि अवस्थामा अर्को २४ देखि ४८ घण्टा भित्र युक्रेन छोड्नुपर्छ’ सिएनएनका अनुसार सुलिवानले बताए ।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #भ्लादिमिर पुटिन
धेरै पढिएका
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस