Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाह्वाइट हाउस – स्थिति खतरनाक छ, रुस जुनसुकै बेला युक्रेनमा हमला गर्नसक्छ

ह्वाइट हाउस – स्थिति खतरनाक छ, रुस जुनसुकै बेला युक्रेनमा हमला गर्नसक्छ


एजेन्सी -रुसले युक्रेनको सीमामा ठूलो संख्यामा सैनिक पठाएको र उनीहरुले कुनै पनि बेला युक्रेनमा हमला गर्नसक्ने ह्वाइट हाउसले बताएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनका लागि स्थिति निकै खतरनाक बनिरहेको जानकारी दिएकी छिन् ।

उनका अनुसार विदेशमन्त्री एन्टनी ब्लिंकनले मंगलबार यो मुद्दामा आफ्ना समकक्षी सर्गेई लेवरोयसँग चर्चा गरेको र दुबै नेता छिट्नै जेनेभामा भेट गर्नेबारे सहमति बनेकोसमेत बताइन् ।

समाचार एजेन्सी एएफपीका अनुसार यो भेट शुक्रबार हुँदैछ । यसअघि ब्लिंकन युक्रेन र युरोपेली देशका प्रतिनिधिसँग भेटघाट गरिरहेकी छिन् ।

जेन साकीले भनिन्, ‘स्थिति असाध्यै खतरनाक भइरहेको हाम्रो मान्यता छ । हामी अब त्यो चरणमा छौँ जहाँ रुस जुनसुकै बेला पनि युक्रेनमाथि हमला गर्नसक्छ । आफ्ना समकक्षीसँगको छलफलमा विदेशमन्त्रीले यो स्थितिलाई कुटनीतिक तरिकाले हल गर्ने कुरामा जोड दिनेछन् । अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी नागरिकले उनीहरुले आर्थिक प्रतिबन्ध चाहिन्छ कि चाहिँदैन भनेर आफ्नै निश्चित गर्नुपर्छ ।’

यता नेटोले भने रुसले युक्रेनविरुद्ध कुनै कारवाही गरेको खण्डमा उसले ठूलै मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पत्रकार सम्मेलनमा यो सैन्य गठबन्धनले युक्रेनलाई साथ दिने र आत्मरक्षाको उनको अधिकारको समर्थन गर्ने स्पष्ट पारेका छन् ।

उनले रुसले युक्रेनमाथि हमला गरेको खण्डमा उक्त देशमाथि आर्थिक र राजनीतिक प्रतिबन्ध लगाउन सकिने पनि चेतावनी दिए ।


क्याटेगोरी : अमेरिका
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस