Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकान्युयोर्कको अर्पाटमेन्टमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु

न्युयोर्कको अर्पाटमेन्टमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु


एजेन्सी -अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बालबालिका छन् । आगलागीमा दर्जनौं घाईते भएका छन् । आइतबारको आगलागीलाई अमेरिकी आगलागीको इतिहासमै खराब मानिएको छ । १९ तले सो भवनको दोस्रो तलाबाट आगो लागेको हो ।

‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीका घाईतेहरुको अवस्था गम्भीर छ,’ न्युयोर्कका मेयर इरिक एडम्सले भने । आगलागीमा कम्तिमा ६३जना घाईते भएका छन् ।

आगलागीपछि २०० जना अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका थिए । आगो लागेपछि भवनभित्र फँसेका मानिसहरु चित्कारले नजिकको वातावरण भयभित भएको थियो ।

आगलागीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अमेरिका
ट्याग : #america, #breaking

तपाईको प्रतिक्रिया दिनुहोस