Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिकामा ओमिक्रोन भाइरसको संक्रमणबाट एक जनाको मृत्यु

अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमणबाट एक जनाको मृत्यु


काठमाडौँ

अमेरिकामा ओमिक्रोंन भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

अमेरिकाको टेक्सास राज्यमा ओमिक्रोनको संक्रमणबाट एक ५० वर्षीय पुरुषको मृत्यु भएको सीएनएनले जनाएको छ । अमेरिकामा ओमिक्रोनको संक्रमणबाट अमेरिकामा मृत्यु भएको पहिलो घटना हो ।

व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाएको र यसअघि कोरोनाभाइरसबाट संक्रमित भएको ह्यारिस काउन्टी पब्लिक हेल्थ कार्यालयले जानकारी दिएको छ ।

अमेरिका पछिल्ला केहि दिन यता ओमिक्रोन संक्रमण बढिरहेको छ । नयाँ संक्रमित ७३ प्रतिशतभन्दा बढी ओमिक्रोनका केस भएको बताइएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र९सीडीसी० का अनुसार अमेरिकामा डेल्टा भेरिएन्टभन्दा ओमिक्रोनको असर बढी देखिन थालेको छ । केही अनुसन्धान रिपोर्टले ओमिक्रोन अरु भेरिएन्टभन्दा सामान्य भएको उल्लेख गरेका छन् । अनुसन्धान जारी नै रहेकाले विज्ञहरूले खोप र बुस्टर सट लगाउन र पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।


क्याटेगोरी : अमेरिका
ट्याग : #america, #corona

तपाईको प्रतिक्रिया दिनुहोस