गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ एमसीसी सम्झौता : गठबन्धनका नेताहरुले साथ छोड्दा एक्लै भए देउवा एमसीसी सम्झौता : गठबन्धनका नेताहरुले साथ छोड्दा एक्लै भए देउवा दीप संञ्चार पुस ५, २०७८ गते ६:५८ मा प्रकाशित काठमाडौँप्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्।नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा छन्। त्यसका लागि सहमति खोज्न उनले आइतबार गठबन्धनका साथै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरे।तर,उक्त सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले सहभागी नै भएन भने सत्ता गठबन्धनमै रहेका दलहरूसमेत एमसिसीको विपक्षमा उभिए। यसकारण प्रधानमन्त्री देउवा गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका हुन्।सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले एमसिसीको विपक्षमा उभिने स्पष्ट पारेको छ। साथै,सत्ता गठबन्धनमा नरहे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एमसिसी मुलुकको हितमा नभएको बताएका छन्।ती दलले एमसिसीको विपक्षमा उभिने बैठकमा स्पष्ट पारे। ‘एमसिसीका सम्बन्धमा केही प्रश्न उठेका छन्, तिनका बारेमा स्पष्ट नभएसम्म समर्थन गर्न नसक्ने तीन दलले स्पष्ट गरेका छौं,’सर्वदलीय बैठकमा सहभागी राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले भने, ‘सर्वदलीय सहमति कायम गरेर अघि बढ्छौं। गठबन्धनका दलभित्र ती विषयमा छलफल गरेर फेरि बैठक बोलाउने आश्वासन प्रधानमन्त्रीले दिनुभएको छ।’तर सत्ता गठबन्धनका प्रमुख दुई साझेदार दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि एमसिसी पारितको विपक्षमा उभिएका छन्। दुवै दलले अहिलेकै अवस्थामा एमसिसी पारित गर्ने अवस्था नभएको जनाउँदै उठेका प्रश्नहरूमा स्पष्टता आवश्यक रहेको धारणा राखे। नागरिक दैनिकमा समाचार प्रकाशित छ ।क्याटेगोरी : पत्रपत्रिका, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ८सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण ताजा अपडेट तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने नेपाली जनसम्पर्क समिती कतारद्वारा”बृहत् इफ्तार कार्यक्रम सप्पन्न सुनको मूल्य फेरी नयाँ रेकर्ड आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न