Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिका : पछिल्लो २४ घन्टामा कोभिड-१९ बाट १ लाख २१ हजार संक्रमित, १,३०२ जनाको मृत्यु

अमेरिका : पछिल्लो २४ घन्टामा कोभिड-१९ बाट १ लाख २१ हजार संक्रमित, १,३०२ जनाको मृत्यु


काठमाडौँ

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाख २१ हजार १ सय ८८ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट १ हजार ३ सय २ जनाको मृत्यु भएको छ ।

गत डिसेम्बर १५ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण ४० प्रतिशतले वृद्धि भएको छ । न्यूयोर्क टाइम्सले डिसेम्बर १६ बिहिबारका दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ८ लाख १ हजार ३७ जनाको निधन भएको छ भने दैनिक औसतमा ३४ प्रतिशतले मृत्यु दर वृद्धि भएको छ ।

यसै गरी गत बुधबारका दिन सम्म कूल ५ करोड ३ लाख ४६ हजार ९ सय ८७ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल ६८ हजार ७९ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा २१ प्रतिसत वृद्धि भएको छ ।

यसै गरि सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६१.१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ७२.३ प्रतिशत पुगेको छ ।


क्याटेगोरी : अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस