गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ मेक्सिकोमा भएको सडक दुर्घटनामा ५३ जनाको मृत्यु मेक्सिकोमा भएको सडक दुर्घटनामा ५३ जनाको मृत्यु दीप संञ्चार मंसीर २४, २०७८ गते १०:५७ मा प्रकाशित काठमाडौँल्याटिन अमेरिकी देश मेक्सिकोको दक्षिणी भागमा बिहिबार एक सडक दुर्घटनामा ५३ जना मारिएको खबर छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो दुर्घटनामा दक्षिण मेक्सिकोको चियापास प्रान्तमा भएको हो । यहाँ एउटा ट्रेलर घुमाउरो मोडमा पल्टिएका कारण दुर्घटनामा परेको हो ।उक्त ट्रेलरमा सयभन्दा बढीको उपस्थिति थियो जसमा धेरैजसो मध्य अमेरिकी देशका प्रवासी थिए । अधिकारीका अनुसार उक्त दुर्घटनामा हालसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।यस्तै, ५८ जना गम्भीर घाइते भएको जानकारीमा उल्लेख छ । स्थानीय प्रशासनले घाइतेलाई नजिकैको अस्पताल पुर्याएका छन् जहाँ उनीहरुको उपचार भइरहेको छ । मध्य अमेरिकी देशको गरिबी र हिंसाले भरिएको माहौलबाट निस्कनका लागि प्रवासी मेक्सिकोको बाटो हुँदै अमेरिकी सीमामा पुग्ने कोसिस गर्छन् ।कहिलेकाँही उनीहरु हिँडेरै पनि लामो यात्रामा निस्कन्छन् ।र कहिलेकाँही उनीहरु अवैध तरिकाले चलाइँदै गरेको ट्रकमा असुरक्षित ढङ्गले यात्रा गर्छन् ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट