Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकामेक्सिकोमा भएको सडक दुर्घटनामा ५३ जनाको मृत्यु

मेक्सिकोमा भएको सडक दुर्घटनामा ५३ जनाको मृत्यु


काठमाडौँ

ल्याटिन अमेरिकी देश मेक्सिकोको दक्षिणी भागमा बिहिबार एक सडक दुर्घटनामा ५३ जना मारिएको खबर छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो दुर्घटनामा दक्षिण मेक्सिकोको चियापास प्रान्तमा भएको हो । यहाँ एउटा ट्रेलर घुमाउरो मोडमा पल्टिएका कारण दुर्घटनामा परेको हो ।

उक्त ट्रेलरमा सयभन्दा बढीको उपस्थिति थियो जसमा धेरैजसो मध्य अमेरिकी देशका प्रवासी थिए । अधिकारीका अनुसार उक्त दुर्घटनामा हालसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यस्तै, ५८ जना गम्भीर घाइते भएको जानकारीमा उल्लेख छ । स्थानीय प्रशासनले घाइतेलाई नजिकैको अस्पताल पुर्याएका छन् जहाँ उनीहरुको उपचार भइरहेको छ । मध्य अमेरिकी देशको गरिबी र हिंसाले भरिएको माहौलबाट निस्कनका लागि प्रवासी मेक्सिकोको बाटो हुँदै अमेरिकी सीमामा पुग्ने कोसिस गर्छन् ।

कहिलेकाँही उनीहरु हिँडेरै पनि लामो यात्रामा निस्कन्छन् ।र कहिलेकाँही उनीहरु अवैध तरिकाले चलाइँदै गरेको ट्रकमा असुरक्षित ढङ्गले यात्रा गर्छन् ।


क्याटेगोरी : अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस