Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुने

अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुने


काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ ।

उनीहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रवक्ता पेस्कोभले रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिकाबीचमा भिडियो वार्ता हुन लागेको हो । सो वार्ता कति लामो समयसम्म हुन्छ भनी सोधिएको एक प्रश्नमा प्रवक्ता पेस्कोभले उनीहरुको चाहनाअनुसार हुने जवाफ दिएका छन् ।

वार्तामा युक्रेनलगायतका विषयमा कुराकानी हुने पनि उनले जानकारी दिइएको छ ।


क्याटेगोरी : अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस