Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिकाका १६ वटा राज्यहरुमा कम्तिमा ३२ वटा ओमीक्रोन प्रजातिको कोरोना देखा पर्यो

अमेरिकाका १६ वटा राज्यहरुमा कम्तिमा ३२ वटा ओमीक्रोन प्रजातिको कोरोना देखा पर्यो


काठमाडौँ

दक्षिण अफ्रीकामा देखा परेको ओमिक्रोन प्रजातिको कोरोना अमेरिकाको कम्तिमा १६ वटा राज्यहरुमा देखा परेको छ ।

अमेरिकामा सबै भन्दा पहिले क्यालिफोर्नियामा देखा परेको थियो भने हाल न्यूजर्सी,जर्जिया,युटह,कोलोराडो,मिजौरी,पेनसेलभेनिया,मेरिल्याण्ड,नेब्रास्का ,हवाई ,न्यू योर्क ,मीनेसोटा ,म्यासाचुसेट्स लगायत राज्यहरुमा कुल ३२ वटा देखिएका छन् ।

अमेरिकामा एकै दिनमा औसतमा कोभिड-१९ बाट संक्रमण हुनेको संख्यामा १ लाख नाघेको छ । जुन दुई महिनामा सर्वाधिक उच्च हो ।

दुई महिनामा पहिलो पटक लाखौं अमेरिकीहरूले धन्यबाद दिवस(थ्यांक्सगिभिङ )को बिदामा यात्रा गरेको केही समयपछि अमेरिकामा हरेक दिन औसतमा १ लाख भन्दा ज्यादा कोरोना संक्रमित भएका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटी (बिश्वबिद्यालय) को तथ्याङ्क अनुसार गत शनिबारसम्म नयाँ संक्रमितहरूको सात-दिनको औसत १ लाख २१ हजार ४ सय ३७ रहेको छ ।

साथै कोभिड-१९ बाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । अमेरिकाको ७ दिनको औसतमा शनिबार सम्म प्रत्येक दिन १,६५१ व्यक्ति कोरोना भाइरसबाट मृत्यु भएको जोन्स हप्किन्स युनिभर्सिटी (बिश्वबिद्यालय) को तथ्याङ्कले देखाएको छ भनि सिएनएनले समाचार लेखेको छ ।

अमेरिकामा धेरै जसो नयाँ संक्रमित मामलाहरू डेल्टा भेरियन्ट(प्रजाति)नै रहेको छ । तर अमेरिकी स्वास्थ्य अधिकारीहरूले गत शनिबारसम्म कम्तिमा १६ राज्यहरूमा नयाँ ओमिक्रोन कोरोनाभाइरस भेरियन्ट (प्रजाति)पत्ता लगाएका छन्।


क्याटेगोरी : अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस