Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाओमिक्रोनले भयावह स्थिति आइसकेको छैन : वाइडेन

ओमिक्रोनले भयावह स्थिति आइसकेको छैन : वाइडेन


काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनले नयाँ भेरियण्ट ओमिक्रोन फैलिनेक्रम सुरु भए पनि भयावहको स्थिति आइनसकेको बताएका छन् ।

ह्वाइटहाउसमा ब्रिफिङ गरेका राष्ट्रपति बाइडेनले अमेरिकासँग संसारको प्रभावकारी खोप, औषधिहरू तथा उत्कृष्ट वैज्ञानिक भएकाले यस विरुद्ध आफूहरू लड्न सक्षम भएको बताए।

ओमिक्रोन भाइरसका कारण विभिन्न मुलुकले यात्रा प्रतिबन्ध लगाउनेदेखि लकडाउन गर्नेसम्मका प्रतिबन्दहरु जारी गरिरहेका बेला अमेरिकाले भने कुनै प्रतिबन्द नलगाउने बताएका छन् ।

राष्ट्रपति बाइडेनले सबै नागरिकलाई अनिवार्य मास्क लगाउन तथा बुस्टर डोज खोप लिनसमेत आग्रह गरेका छन् । गत हप्ता मात्र अमेरिकाले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, लगायत देशबाट भित्रिने यात्रु प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।


क्याटेगोरी : अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस