Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिका :ओभरडोज औषधिले ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

अमेरिका :ओभरडोज औषधिले ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो


काठमाडौँ

अमेरिकामा ओभरडोज औषधि सेवनका कारण एक वर्षमा १ लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।

गत वर्षको अप्रिलदेखि सन् २०२१ को अप्रिलको अन्त्यसम्ममा ओभरडोज औषधि सेवनबाट यति धेरै मानिसहरूको मृत्यु भएको हो । यो संख्या अघिल्लो वर्षको तुलनामा २८ दशमलब ५ प्रतिशतले बढी हो ।

‘हामीले कोभिड महामारी नियन्त्रणका लागि धेरै प्रयास गरे पनि ओभरडोज औषधिका कारण भइरहेको मृत्युलाई बेवास्ता गरेका छौं,’ राष्ट्रपति जो बाइडेनले भने । कतिपय फार्मेसीले चिकित्सकले दिएको प्रेसक्रिप्सनबिना नै औषधि बिक्री गर्दा त्यसको दुरुपयोग भएको विज्ञहरुले बताउँदै आएका छन् ।

एक वर्षको अवधिमा कोभिड-१९ बाट अमेरिकामा ५ लाख ८ हजार जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस