Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाबाइडेनलाई राष्ट्रपति हुन् नदिन संसदमा दंगा गर्ने ट्रम्पका समर्थक ज्याकोबलाई ४१ महिनाको कैद सजाय

बाइडेनलाई राष्ट्रपति हुन् नदिन संसदमा दंगा गर्ने ट्रम्पका समर्थक ज्याकोबलाई ४१ महिनाको कैद सजाय


राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति हुन् नदिन अमेरिकी संसदमा दंगा गर्ने ट्रम्पका समर्थक ज्याकोब लाई ४१ महिनाको कैद सजाय सुनाईएको छ । जनवरी ६ २०२० मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोत्साहन दिएको कारण अमेरिकी संसदमा बिद्रोह गर्न आएका आफुलाई क्युएनन शमन नाम भन्ने ज्याकोब चान्सलेलाई लामो पछि पछि अदालतले फैसला सुनाएको छ ।

न्याय विभागले जनवरी ६ को दंगा गर्नेहरूका बीचमा उदाहरण बसाल्ने तरिकाको रूपमा चान्स्लेलाई कठोर सजाय दिन आग्रह गरेको थियो, र अभियोजकहरूले चान्स्लेलाई बर्बर भीडको प्रतीकको रूपमा राखेका छन्।

त्यसबेलादेखि च्यान्सलेलाई क्युएननशमनको रूपमा सबैले चिने । उनले लगाएको पहिरन र सिङ्ग समेत लगाई संसदमा भित्र छिरेका उनलाई व्यापक प्रचारमा आएका थिए।

न्यायाधीश रोयस ल्याम्बर्थले चान्स्लेलाई उनलाई गिरफ्तारी पछि कैदमा राखेका थिए। सजाय पाउने मध्ये कै उनि एक हुन् भने कूल ६६० जनालाई संसद दंगा मुद्दा चलाई रहेको र सजाय पाई रहेका छन् ।

भवन भित्रका पहिलो ३० जना दंगा गर्ने विद्रोही मध्ये एकको रूपमा उनि थिए । उनि त्यहाँ पुगे पछि तत्कालै उपराष्ट्रपति माइक पेन्सले तुरुन्तै खाली गरेको सिनेटको मञ्चमा पुगेका थिए भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

त्यहा उनले एउटा टिप्पणीछाडेका थिए जसमा लेखिएको थियो, “यो केवल समयको कुरा हो। न्याय आउँदैछ। १” भनि लेखेका थिए ।

इ नेप्लिज


क्याटेगोरी : अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस