Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै


काठमाडौँ 

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज बुधबार साँझ काठमाडौं पुग्दैछन् ।

नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ ।

अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन ९एमसीसी० कार्यान्वयन अघि बढ्न नसकेका बेला उनी नेपाल आउन लागेका हुन् ।

सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी नेपालको संसदबाट अनुमोदन नहुँदा कार्यान्वयन अघि बढेको छैन।


क्याटेगोरी : अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस