गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाद्वारा चिनियाँ टेलिकम कम्पनीको लाइसेन्स रद्द अमेरिकाद्वारा चिनियाँ टेलिकम कम्पनीको लाइसेन्स रद्द दीप संञ्चार कात्तिक १०, २०७८ गते १३:१२ मा प्रकाशित काठमाडौँ अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ । राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले चाइना टेलिकमको लाइसेन्स रद्द गरिदिएको हो ।रद्द भएसँगै चाईन टेलिकमले अमेरिकामा ६० दिनभित्र आफ्नो सेवा बन्द गर्नुपर्नेछ । कम्पनीमाथि चीन सरकारको नियन्त्रणले अमेरिकी सञ्चारमा पहुँच बढेको र बिथोलेको अमेरिकी अधिकारीहरुले आरोप लगाएका छन् ।कम्पनीमार्फत चीनले अमेरिकाबिरुद्ध गुप्तचरी र अन्य हानीकारक गतिविधि गरेको पनि उनीहरुले आरोप लगाएका छन् ।चाइना टेलिकमले अमेरिकामा झन्डै २० वर्षदेखि सेबा दिँदै आएको छ । अमेरिकी निर्णयलाई कम्पनीले दुर्भाग्य भनेको छ ।अमेरिकाले लाईसेन्स रद्द गरे पनि आफ्ना सेवा दिने चाइना टेलिकमले जनाएको छ ।‘हाम्रो सेवालाई निरन्तर दिन प्राप्त सबै विकल्प प्रयो गर्नेछौ,’ चाइना टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चाइना टेलिकम चीनको टेलिकम बजारमा बर्चश्व कायम गर्ने तीन ओटा कम्पनीहरुमध्ये एउटा महत्वपूर्ण कम्पनी हो ।यस कम्पनीका ११० देशमा लाखौं ग्राहक छन् । कम्पनीले ब्रोडब्यान्ड इन्टरनेट, मोवाईलदेखि लेनलाइन टेलिफोन सेवा उपलब्ध गराउदै आएको छ । क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला