गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बंगलादेशमा हिन्दुमाथि भएको हमलाको अमेरिकाद्वारा निन्दा बंगलादेशमा हिन्दुमाथि भएको हमलाको अमेरिकाद्वारा निन्दा दीप संञ्चार कात्तिक ३, २०७८ गते १९:५० मा प्रकाशित काठमाडौँ –बंगलादेशमा दुर्गा पूजाका अवसरमा हिन्दु धर्मावलम्बीको घर र पूजास्थलमा भएको हमलाको अमेरिकाले निन्दा गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले दुर्गा पूजा उत्सवका क्रममा हिन्दु मन्दिर र हिन्दु धर्मावलम्बीका घरमा भएको हमलाको निन्दा गरेका हुन् ।उनले भनेका छन्, ‘हाम्रो समवेदना हिन्दु समुदायका साथ छ, हामी प्रशासनलाई आग्रह गर्दछौं कि सम्पूर्ण घटनाको सही रुपमा जाँच होस्, धार्मिक स्वतन्त्रता र मानवअधिकारको रक्षा महत्त्वपूर्ण विषय हो ।’ अमेरिकी विदेश मन्त्रालयले धार्मिक स्वतन्त्रता र मानव अधिकारको रक्षा कुनै खास समुदायमा मात्र सीमित नरहेको प्रस्ट पारेको छ ।यसैबीच बंगलादेश हिन्दु समुदायका सदस्य प्राणेश हल्दरले अमेरिकी विदेश मन्त्रालयसमक्ष बंगलादेशमा फेरि हिन्दुमाथि कुनै क्षति पुग्ने छैन भन्ने सुनिश्चित गराउन माग गरेका छन् । उनले अमेरिकास्थित वाचडग समूह र मिडिया कम्पनीलाई बंगलादेशमा भएको हिंसालाई गम्भीरतापूर्वक उजागर गर्न पनि आग्रह गरेका छन् ।बंगलादेशमा दुर्गा पूजाका क्रममा ठुलो परिमाणमा भएको हिंसा र हिन्दुको घर र मन्दिरमा भएको तोडफोडको विरोधमा बंगलादेशी हिन्दु प्रवासीले वासिंगटनस्थित बंगलादेशी दूतावास अगाडि प्रदर्शन गरेका छन् ।अमेरिकास्थित हिन्दु एडभोकेसी समूह ‘हिन्दुप्याक्ट’ का कार्यकारी निर्देशक उत्सव चक्रवर्तीले भने, ‘हिन्दुमाथि भएको हमला भयानक थियो, अक्टुबर १९४६ मा त्यहाँ १२ हजार हिन्दुको हत्या गरिएको थियो भने ५० हजार जनालाई इस्लाम अपनाउन बाध्य तुल्याइएको थियो ।’सो संस्थाले बंगलादेशमा हिन्दु संगठन भेदभाव र घृणाको सिकार हुँदै आएको जनाएको छ । बंगलादेशमा १९४० मा हिन्दुको जनसंख्या २८ प्रतिशत रहेकोमा अहिले घटेर ९ प्रतिशतमा सीमित भएको पनि सो संगठनले जनाएको छ ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै