गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बंगलादेशमा हिन्दुमाथि भएको हमलाको अमेरिकाद्वारा निन्दा बंगलादेशमा हिन्दुमाथि भएको हमलाको अमेरिकाद्वारा निन्दा दीप संञ्चार कात्तिक ३, २०७८ गते १९:५० मा प्रकाशित काठमाडौँ –बंगलादेशमा दुर्गा पूजाका अवसरमा हिन्दु धर्मावलम्बीको घर र पूजास्थलमा भएको हमलाको अमेरिकाले निन्दा गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले दुर्गा पूजा उत्सवका क्रममा हिन्दु मन्दिर र हिन्दु धर्मावलम्बीका घरमा भएको हमलाको निन्दा गरेका हुन् ।उनले भनेका छन्, ‘हाम्रो समवेदना हिन्दु समुदायका साथ छ, हामी प्रशासनलाई आग्रह गर्दछौं कि सम्पूर्ण घटनाको सही रुपमा जाँच होस्, धार्मिक स्वतन्त्रता र मानवअधिकारको रक्षा महत्त्वपूर्ण विषय हो ।’ अमेरिकी विदेश मन्त्रालयले धार्मिक स्वतन्त्रता र मानव अधिकारको रक्षा कुनै खास समुदायमा मात्र सीमित नरहेको प्रस्ट पारेको छ ।यसैबीच बंगलादेश हिन्दु समुदायका सदस्य प्राणेश हल्दरले अमेरिकी विदेश मन्त्रालयसमक्ष बंगलादेशमा फेरि हिन्दुमाथि कुनै क्षति पुग्ने छैन भन्ने सुनिश्चित गराउन माग गरेका छन् । उनले अमेरिकास्थित वाचडग समूह र मिडिया कम्पनीलाई बंगलादेशमा भएको हिंसालाई गम्भीरतापूर्वक उजागर गर्न पनि आग्रह गरेका छन् ।बंगलादेशमा दुर्गा पूजाका क्रममा ठुलो परिमाणमा भएको हिंसा र हिन्दुको घर र मन्दिरमा भएको तोडफोडको विरोधमा बंगलादेशी हिन्दु प्रवासीले वासिंगटनस्थित बंगलादेशी दूतावास अगाडि प्रदर्शन गरेका छन् ।अमेरिकास्थित हिन्दु एडभोकेसी समूह ‘हिन्दुप्याक्ट’ का कार्यकारी निर्देशक उत्सव चक्रवर्तीले भने, ‘हिन्दुमाथि भएको हमला भयानक थियो, अक्टुबर १९४६ मा त्यहाँ १२ हजार हिन्दुको हत्या गरिएको थियो भने ५० हजार जनालाई इस्लाम अपनाउन बाध्य तुल्याइएको थियो ।’सो संस्थाले बंगलादेशमा हिन्दु संगठन भेदभाव र घृणाको सिकार हुँदै आएको जनाएको छ । बंगलादेशमा १९४० मा हिन्दुको जनसंख्या २८ प्रतिशत रहेकोमा अहिले घटेर ९ प्रतिशतमा सीमित भएको पनि सो संगठनले जनाएको छ ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल