गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको एफ-३५ लडाकू जेटभन्दा रुसको एस -४०० मिसाइल रक्षा प्रणाली खतरनाक अमेरिकाको एफ-३५ लडाकू जेटभन्दा रुसको एस -४०० मिसाइल रक्षा प्रणाली खतरनाक दीप संञ्चार असोज ११, २०७८ गते २०:३८ मा प्रकाशित काठमाडौँ –अमेरिकाले टर्कीलाई रुसी सेनाबाट थप हतियार किन्न नदिने स्पष्ट पारेको छ। यसअघि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले आफूलाई अत्याधुनिक रूसी मिसाइल रक्षा प्रणालीको अर्को ब्याच किन्नबाट रोक्न नसकिने बताएका थिए।अमेरिकी विदेश विभागका प्रवक्ताले भनेका छन् , ‘यदि टर्की तनाव र प्रतिबन्ध बढाउन चाहँदैन भने उसले रूसबाट अरु हतियार किन्नु हुँदैन। टर्कीले रसियाबाट ‘एस -४००’ मिसाइल रक्षा प्रणाली किनेको छ र त्यसबाट पनि मुक्त हुनु पर्छ। किनभने यो प्रणालीले अमेरिकाको एफ -३५ लडाकू जेटलाई धम्की दिन्छ। उही समयमा सीबीएस न्युजसँगको कुराकानीमा एर्दोआनले टर्कीको रक्षा भण्डार सम्बन्धी निर्णयमा कसैले हस्तक्षेप गर्न नसक्ने वताए ।उनले भने, ‘हाम्रो मामिलामा कसैले हस्तक्षेप गर्न सक्दैन र हामी मात्र निर्णय गर्छौं। टर्कीले दुई वर्षअघि रुसबाट एस -४००मिसाइल रक्षा प्रणालीको खेप किनेको थियो, अमेरिकाले त्यसमाथि प्रतिबन्ध लगायो।भारत पनि रुसमा बनाइने ‘एस -४००’ लँग रेन्ज सरफेस टु एयर मिसाइल सिस्टम किन्न चाहन्छ।यो मिसाइल जमीनबाट हावामा हान्न सक्छ। ‘एस -४००’ संसारको सबैभन्दा प्रभावकारी वायु रक्षा प्रणाली मानिन्छ।यसमा धेरै सुविधाहरु छन्। ‘एस -४००’ ले एक साथ ३६ ठाउँलाई लक्षित गर्न सक्छ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप