गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाले विश्वलाई ५ करोड कोभिड खोप अनुदान दिने अमेरिकाले विश्वलाई ५ करोड कोभिड खोप अनुदान दिने दीप संञ्चार असोज ७, २०७८ गते २०:१० मा प्रकाशित काठमाडौँ –संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५ करोड कोभिड खोप अनुदान दिने तयारी गरेको छ ।यसका लागि ५०० मिलियन पिफाइजर कोभिड–१९ खोप खरिद गर्ने घोषणा गर्ने तयारी गरेको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिए ।यो नयाँ प्रतिबद्धतासँगै अमेरिकाले कूल एक अर्ब १० करोडभन्दा बढी खोपहरू संसारलाई अनुदान दिने चाहना देखिएको छ ।वरिष्ठ प्रशासकीय अधिकारीले कोभिड–१९ अन्त्य गर्न विश्वव्यापी शिखर सम्मेलनको पूर्व अवलोकन गर्दै भने, ‘बिहीबार राष्ट्रपति बाइडेनले अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५० करोड फाइजर कोभिड–१९ खोपहरू किनिरहेको घोषणा गर्नुहुनेछ ।’ती अधिकारीले ती खोप निशुल्क अनुदान दिइने दावी गरे । अनुदान दिन लागिएका खोपमध्ये यी आधा अर्ब खोपहरू संयुक्त राज्य अमेरिकामा अमेरिकी कम्पनी र कामदारद्वारा उत्पादन हुनेछन् ।अमेरिकाले अनुदानमा दिइने खोपलाई आगामी जनवरीदेखि ढुवानी गर्न सुरु गर्नेछ । ‘जनवरीदेखि अर्को वर्षको सेप्टेम्बरसम्ममा अमेरिकाले ८० करोड खोपहरू विश्वभर पठाउनेछ,’ उनले थपे ।अमेरिकाले अहिलेसम्म विश्वलाई ६० करोड भन्दा बढी कोभिड–१९ विरूद्धको खोपको मात्रा अनुदान दिने प्रतिबद्धता जनाइसकेको उनले बताए ।अहिलेसम्म संयुक्त राज्य अमेरिकाले अहिलेसम्म नेपाल, पेरू, पाकिस्तान, श्रीलङ्का, सुडान र एल साल्भाडोरदेखि इथियोपियासम्मका विश्वभरका १०० देशहरूमा झन्डै १६ करोड मात्रा ढुवानी गरेको छ ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…अमेरिकी राष्ट्रपतिलाई ज्यान मार्ने धम्की दिने ट्रम्पका समर्थकलाई गोली हानि…एनआरएन अमेरीकाका निर्वतमान अध्यक्ष बुद्धि सागर सुवेदीद्वारा आईसीसी महासचिवमा उम्मेदवारीट्रम्प माथी मुद्दै मुद्दा, बिहीबार अदालतमा हाजिर हुदैँ धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट कोशीका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ जुन दिन हामीले इमान छाड्छौं त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याक्दिनुहोला -सभापति रवि लामिछाने काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री डा. महत राष्ट्रिय सभा चुनावः उम्मेदवारी दर्ता पुस २३ गते एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह कोप–२८ प्रभावकारी र परिणाममुखी भयोः दाहाल दाहाल नेपाली इन्जिनियरहरुले विकास गरेको अत्याधुनिक सफ्टवेयर लस भेगासमा प्रदर्शन