गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाले विश्वलाई ५ करोड कोभिड खोप अनुदान दिने अमेरिकाले विश्वलाई ५ करोड कोभिड खोप अनुदान दिने दीप संञ्चार असोज ७, २०७८ गते २०:१० मा प्रकाशित काठमाडौँ –संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५ करोड कोभिड खोप अनुदान दिने तयारी गरेको छ ।यसका लागि ५०० मिलियन पिफाइजर कोभिड–१९ खोप खरिद गर्ने घोषणा गर्ने तयारी गरेको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिए ।यो नयाँ प्रतिबद्धतासँगै अमेरिकाले कूल एक अर्ब १० करोडभन्दा बढी खोपहरू संसारलाई अनुदान दिने चाहना देखिएको छ ।वरिष्ठ प्रशासकीय अधिकारीले कोभिड–१९ अन्त्य गर्न विश्वव्यापी शिखर सम्मेलनको पूर्व अवलोकन गर्दै भने, ‘बिहीबार राष्ट्रपति बाइडेनले अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५० करोड फाइजर कोभिड–१९ खोपहरू किनिरहेको घोषणा गर्नुहुनेछ ।’ती अधिकारीले ती खोप निशुल्क अनुदान दिइने दावी गरे । अनुदान दिन लागिएका खोपमध्ये यी आधा अर्ब खोपहरू संयुक्त राज्य अमेरिकामा अमेरिकी कम्पनी र कामदारद्वारा उत्पादन हुनेछन् ।अमेरिकाले अनुदानमा दिइने खोपलाई आगामी जनवरीदेखि ढुवानी गर्न सुरु गर्नेछ । ‘जनवरीदेखि अर्को वर्षको सेप्टेम्बरसम्ममा अमेरिकाले ८० करोड खोपहरू विश्वभर पठाउनेछ,’ उनले थपे ।अमेरिकाले अहिलेसम्म विश्वलाई ६० करोड भन्दा बढी कोभिड–१९ विरूद्धको खोपको मात्रा अनुदान दिने प्रतिबद्धता जनाइसकेको उनले बताए ।अहिलेसम्म संयुक्त राज्य अमेरिकाले अहिलेसम्म नेपाल, पेरू, पाकिस्तान, श्रीलङ्का, सुडान र एल साल्भाडोरदेखि इथियोपियासम्मका विश्वभरका १०० देशहरूमा झन्डै १६ करोड मात्रा ढुवानी गरेको छ ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप