Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकाचीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाले गरे ‘ओकस’ सम्झौता

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाले गरे ‘ओकस’ सम्झौता


काठमाडौँ –

अमेरिका, बेलायत र अस्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने विषयमा ‘ओकस’ सम्झौताको घोषणा गरेका छन्।

यो विशेष सुरक्षा सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्षहरु आदनप्रदानमा सहकार्य हुने जनाइएको छ ।

तीनवटै देशका नेताहरूले यस सम्झौताले उक्त क्षेत्रको स्थिरतालाई थप सहयोग पुग्ने बताएका छन्।

यस सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो समेत खुला भएको छ । इन्डो(प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिकै कारण यी देशहरुले चीन लक्षित यो कदम चालेको बताइएको छ ।

पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ। सन् २०१६मा अस्ट्रेलियाली नौसेनाका लागि १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का हात पार्न फ्रान्स सफल भएको थियो।

यता चीनले यस कदमको निन्दा गरेको छ । वासिङ्टनस्थिति चिनियाँ राजदूतावासले भने ती राष्ट्रहरूमा शीतयुद्धको मानसिकता रहेको आरोप समेत लगाएको छ। स्रोत-बीबीसी

 


क्याटेगोरी : अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस