गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको ओहियो राज्यमा आगलागी हुदाँ एकै परिवारका पाँच नेपालीको मृत्यु अमेरिकाको ओहियो राज्यमा आगलागी हुदाँ एकै परिवारका पाँच नेपालीको मृत्यु दीप संञ्चार भदौ २९, २०७८ गते २१:४४ मा प्रकाशित काठमाडौँ –अमेरिकाको ओहियो राज्यको एक्रन सहरनजिकै भएको भीषण आगलागीमा परी नेपाली मूलुकका पाँच भुटानीहरुको ज्यान गुमेको छ। उनीहरुमध्ये अधिकांश सुब्बा थरका थिए।एक्रननजिकै उनीहरु बसेको घर जल्दा पाँच जनाको ज्यान गुम्नुका साथै चार जना घाइते भएका छन्।एक्रनका स्थानीय अग्निनियन्त्रकहरुले सोमबार राति करिब १ बजे लिन्डेन एभेन्युको घरमा आगलागी भएपछि नियन्त्रणमा लिन तदारुकता लिएको फक्स न्युजले जानकारी दिएको छ।अग्निनियन्त्रकहरु पुग्दा घर आगोको लपेटामा घेरिएको स्थानीयहरुले सञ्चारमाध्यमलाई जानकारी गराएका छन्।घटनामा तीन बालबालिकासहित पाँचको ज्यान गुमेको हो।घटनामा नेपाली मूलका ६० वर्षीय पुरुष, ४८ वर्षीया महिला, ११ वर्षीय बालक तथा ५ र १६ वर्षका दुई बालिकाको ज्यान गुमेको हो। उनीहरु भुटानी शरणार्थीका रुपमा अमेरिका पुगेका हुन्।घटनामा बुवा गुमाएका याम सुब्बाले के भएको भन्ने पत्ता लाग्न नसकेको जानकारी स्थानीय सञ्चारमाध्यमहरुलाई दिएका छन्। उनी घटनाबारे जानकारी पाएर कोलम्बसबाट आएका थिए। उनका बुबा, सौतेनी आमा र तीन बालबालिका एक्रननजिकै रहेको उक्त घरमा बस्दै आएको उनले सुरक्षाकर्मीलाई जानकारी दिएका छन्।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप