गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको ओहियो राज्यमा आगलागी हुदाँ एकै परिवारका पाँच नेपालीको मृत्यु अमेरिकाको ओहियो राज्यमा आगलागी हुदाँ एकै परिवारका पाँच नेपालीको मृत्यु दीप संञ्चार भदौ २९, २०७८ गते २१:४४ मा प्रकाशित काठमाडौँ –अमेरिकाको ओहियो राज्यको एक्रन सहरनजिकै भएको भीषण आगलागीमा परी नेपाली मूलुकका पाँच भुटानीहरुको ज्यान गुमेको छ। उनीहरुमध्ये अधिकांश सुब्बा थरका थिए।एक्रननजिकै उनीहरु बसेको घर जल्दा पाँच जनाको ज्यान गुम्नुका साथै चार जना घाइते भएका छन्।एक्रनका स्थानीय अग्निनियन्त्रकहरुले सोमबार राति करिब १ बजे लिन्डेन एभेन्युको घरमा आगलागी भएपछि नियन्त्रणमा लिन तदारुकता लिएको फक्स न्युजले जानकारी दिएको छ।अग्निनियन्त्रकहरु पुग्दा घर आगोको लपेटामा घेरिएको स्थानीयहरुले सञ्चारमाध्यमलाई जानकारी गराएका छन्।घटनामा तीन बालबालिकासहित पाँचको ज्यान गुमेको हो।घटनामा नेपाली मूलका ६० वर्षीय पुरुष, ४८ वर्षीया महिला, ११ वर्षीय बालक तथा ५ र १६ वर्षका दुई बालिकाको ज्यान गुमेको हो। उनीहरु भुटानी शरणार्थीका रुपमा अमेरिका पुगेका हुन्।घटनामा बुवा गुमाएका याम सुब्बाले के भएको भन्ने पत्ता लाग्न नसकेको जानकारी स्थानीय सञ्चारमाध्यमहरुलाई दिएका छन्। उनी घटनाबारे जानकारी पाएर कोलम्बसबाट आएका थिए। उनका बुबा, सौतेनी आमा र तीन बालबालिका एक्रननजिकै रहेको उक्त घरमा बस्दै आएको उनले सुरक्षाकर्मीलाई जानकारी दिएका छन्।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट