गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ फुची : ‘अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन’ फुची : ‘अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन’ दीप संञ्चार भदौ २६, २०७८ गते २०:४७ मा प्रकाशित एजेन्सी –अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फुचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताए ।कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ । सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण उन्मुख हुन सक्ने उनले बताए ।“हामी अहिले पनि महामारीकै अवस्थामा छौँ, अहिले पनि एक दिनमा एक लाख ६० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन्,” फुचीले भने ।अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रणको अवस्था पनि अहिले सन्तोषजनक नरहेको उनको बुझाइ छ ।दैनिक सङ्क्रमितहरूको सङ्ख्या दश हजारभन्दा कम भएपछि मात्रै नियन्त्रण उन्मुख रहेको मान्न सकिने वरिष्ठ चिकित्सक फुचीले बताए ।सेप्टेम्बर ८ सम्ममा अमेरिकामा चार करोड पाँच लाख २३ हजार ९५४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म झण्डै छ लाख ७७ हजारको मृत्यु भइसकेको छ ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट