Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिकाको क्यालिफोर्नियामा एक नेपालीको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा एक नेपालीको मृत्यु


काठमाडौँ –

अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएका २६ बर्षीय सुमन पोख्रेलको निधन भएको छ । उनको मृत्युपछि क्यालिफोर्नियाको दि ह्वाइट जोन क्यालिफोर्निया नामक गैर मुनाफा सामाजिक संस्थाले दाह संस्कार गर्नका लागि खर्च जुटाउनगो फण्ड मीमा खाता खोलेको छ ।

दि ह्वाइट जोन क्यालिफोर्नियाका अनुसार पोख्रेल विगत ४ बर्ष देखि रिचमण्ड क्यालिफोर्नियामा बस्दै आएका थिए । उनलाई गत शनिबार सेप्टेम्बर ४ का दिन अस्पताल भर्ना गरेको केही समयमै मृत्यु भएको जनाइएको छ ।

उनी गत बर्ष मात्रै नेपालमा विवाह गरेर अमेरिका फर्किएका थिए । गत सेप्टेम्बर ४ का दिन खोलिएको गो फण्ड मी खाताको लक्ष्य ४० हजार डलर राखिएको छ । १३ घण्टा अगाडी खोलिएको उक्त खातामा ५ सेप्टेम्बर ,बिहान ६स्३० ९डिसी को समय अनुसार ० बजे सम्म करिव १८ हजार डलर संकलन भै सकेको छ ।

 


क्याटेगोरी : अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस