गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकामा कोरोना सङ्क्रमण र मृत्यु दर बढ्यो अमेरिकामा कोरोना सङ्क्रमण र मृत्यु दर बढ्यो दीप संञ्चार भदौ १९, २०७८ गते २०:२७ मा प्रकाशित एजेन्सी –संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ का सङ्क्रमित बढ्दै गएको पाइएको छ । यहाँको यस सम्बन्धी निकाय सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो कुरा बताएको छ । उक्त निकायका अनुसार यहाँ पछिल्लो हप्तामा दिन प्रतिदिन कोभिड–१९ का संक्रमित बढ्दै गएको देखिएको छ ।जसमा पछिल्लो हप्ता हरेक दिन कम्तीमा पनि एक लाख ५० हजार जना मानिसमा यो सङ्क्रमण देखिएको छ । यो सङ्ख्या हरेक दिन बढेको पछिल्लो हप्ताको सबैभन्दा धेरै हो र यो अघिल्लो हप्ताको तुलनामा करिब पाँच प्रतिशतले बढ्दो छ । यहाँ बुधबारसम्मको तथ्याङ्क हेर्दा तीन करोड ९४ लाख ८८ हजार जनामा यो सङ्क्रमण देखिएको छ ।यो हप्तामा अस्पताल भर्ना प्रतिशत पनि बढेको छ । पछिल्लो हप्ता अर्थात् अगष्ट २५ देखि ३१ सम्मको अवस्था हेर्दा यहाँका १२ हजार १५६ जना अस्पताल भर्ना भएका छन् ।यो प्रतिशत अघिल्लो हप्ताको भन्दा १।७ प्रतिशतले बढी हो । त्यसैगरी यो हप्ता यहाँका एक हजार ४७ जनाको यो सङ्क्रमणबाट निधन भएको छ । यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा ३।७ प्रतिशतले बढी हो ।यसरी अमेरिकामा पछिल्लो हप्तामा सङ्क्रमित हुने, अस्पताल भर्ना हुने तथा मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो देखिएको जनाइएको छ । अमेरिकी संस्था सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो तथ्याङ्क सार्वजनिक गरेको हो । सिन्ह्वाक्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल