गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ न्युयोर्कमा आएको आइडा नामक आँधीले एकै परिवारका ३ नेपालीको निधन न्युयोर्कमा आएको आइडा नामक आँधीले एकै परिवारका ३ नेपालीको निधन दीप संञ्चार भदौ १८, २०७८ गते २१:०१ मा प्रकाशित एजेन्सी – अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भिषण बर्षाको कारण एकै परिवारका ३ जना नेपालीको दुखद निधन भएको छ । ६ वटा राज्यमा भिषण बर्षापछिको बाढी र घुम्रपात (टोर्नेडो) ले अमेरिकामा हालसम्म ४५ जनाको मृत्यु भै सकेको अमेरिकी संचार माध्यमले यहाँका सरकारी निकायलाई हवाला दिदै लेखेका छन्। जसमध्ये न्यू जर्सीमा मात्र २३ जनाको निधन भएको जनाईएको छ।निधन हुने तीनजना नेपालीमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी, हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र उहाँहरुको १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन ।लामा परिवार न्युयोर्कको क्विन्सस्थित उडसाइड स्थित सिक्सटि फोर स्ट्रीट फोरको बेस मेन्टमा बस्दै आएका थिए । आङ गेलु लामा विगत १४ बर्षदेखिन न्युयोर्कमा बसोबास गदै आइरहेका थिए ।न्युयोर्कमा कल्पानै नगरेको त्यो घटनामा हाम्रो परिवारको सदस्य गुमाउनु पर्दा निकै दुख लागीरहेको छ, आङ गेलु लामाका दाई लातेन लामाले संचार माध्यमलाई बताए । लातेन र उनको दाई दोमे लामा दिवंगत भाईको परिवारको लागी धार्मिक कार्यमा जुटिरहेका छन्।आफनो समुदायको एकै परिवारको ३ जनाको ज्यान गएको अकल्पनिय घटनाले निकै दुखित तुल्याएको शेर्पा किदुगको अध्यक्ष छिरिङ शेर्पाले बताए । मृतक लामाको परिवारको दुखद निधनप्रति शेर्पा किदुगले हार्दिक श्रद्दाञ्जलीसंगै उहाको परिवारलाई चाहिने आवश्याक सहयोग गर्ने अध्यक्ष शेर्पाले बताएको न्यु योर्कबाट संचालित एभरेष्टटाईम्स न्युजले समाचारमा लेखेको छ ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल