गृहपृष्ठ ∕ घुमफिर ∕ ‘गरुड पुराण’ ट्रेलर ‘गरुड पुराण’ ट्रेलर admin कात्तिक ३०, २०७५ गते ७:४२ मा प्रकाशित काठमाडौं – आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ। ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरूको परिवारले गर्ने संघर्षको कथा उठाइएको ट्रेलर सोमबार राजधानीमा पत्रकारमाझ सार्वजनिक गरियो।फिल्मका निर्देशक सुवास कोइरालाले विवाहको मौसम पारेर माघमा फिल्म रिलिज गर्न लागिएको बताए। ‘फिल्ममा विवाहमा बाजा बजाउनेहरूको कथा भएकाले फिल्मलाई विवाहको मौसम पारेर माघ ४ मा रिलिज गर्न लागेका हौं’, उनले भने, ‘फिल्म हास्य प्रधान छ। दर्शकले फिल्मबाट पूर्ण मनोरञ्जन लिनुहुनेछ।’ ट्रेलरमा नायक नाजिर हुसेनलाई विवाहमा बाजा बजाउने दलित युवाको भूमिकामा देखाइएको छ। अभिनेत्री लुनिभा तुलाधर नाजिरकी कन्जुस र झगडालु माइजुको भूमिकामा छिन्।ट्रेलरमा फिल्मका कलाकारहरू कर्मा, कामेश्वर चौरासिया, प्रविण खतिवडा र नवनायिका प्रियंका सिंह पनि फिचर्ड छन्। फिल्ममा जान्हवी बोहोरा, कमल देवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टको पनि अभिनय छ। अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा कसम नेपालको कथा, विनोद खतिवडा, आकाश बराल र निर्देशक सुवासको पटकथा र आकाशको सम्बाद छ। फिल्ममा सुसन प्रजापतिको छायांकन, रेनाशा बान्तवा राईको कोरियोग्राफी, उज्ज्वल ढकालको सम्पादन छ।क्याटेगोरी : घुमफिर, राजनीति, स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल