गृहपृष्ठ ∕ आर्थिक ∕ आईपीओ अनुमति पर्खेर बस्ने रियल सेक्टरका कम्पनी धेरै आईपीओ अनुमति पर्खेर बस्ने रियल सेक्टरका कम्पनी धेरै दीप संञ्चार भदौ ३, २०८० गते ११:१७ मा प्रकाशित नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन् । जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूह अन्तर्गतका छन् । बाँकी सबै रियल सेक्टरका कम्पनीहरु हुन् ।बोर्डले गत आर्थिक वर्षमा ४२ वटा कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको थियो । जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीहरुले अनुमति प्राप्त गरेका थिए । बाँकी इन्सुरेन्स देखि रियल सेक्टरका कम्पनीहरु थिए ।गत वर्ष हाइड्रोपावर कम्पनीहरुले लगातार अनुमति पाएका कारण पनि हाल स्वीकृति पर्खेर बस्नेको संख्यामा कमी आएको हो ।स्वीकृति कुरेर बसेका मध्ये प्रायः अन्य समूह अन्तर्गतका कम्पनीहरु छन् । ७ वटा कम्पनी यस क्षेत्रका छन् । २ वटा उत्पादन तथा प्रशोधन समूहका छन् । जसअन्तर्गत सर्वोत्तम र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आइपीओ जारी गर्ने अनुमति मागेका हुन् । हाल टिभी, औषधि लगायतका कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।क्याटेगोरी : आर्थिक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल