गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ टेक्सासमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरी अधिकृतको मृत्यु टेक्सासमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरी अधिकृतको मृत्यु एजेन्सी असार २८, २०७७ गते २०:०२ मा प्रकाशित म्याकअलेन – संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान गएको छ । दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा पुगेका प्रहरीमाथि गोली हानिएको प्रहरीले जनाएको छ ।प्रहरीहरु २३ वर्षीय अडोन इग्नासियो क्यामारिल्लोलाई पक्राउ गर्न गएको तर ती व्यक्तिले प्रहरीमाथि एकाएक गोली चलाएको र प्रतिकार समेत गर्न पाएका थिएनन् । म्याकअलेनका प्रहरी प्रमुख भिक्टर रोड्रिगेजका अनुसार मृत्यु भएका प्रहरीहरुमा ४५ वर्षीय एडेलमिरो गार्जा र ३९ वर्षीय इस्माएल चाभेज रहेका छन् ।प्रहरी प्रमुख रोड्रिगेजले शहरमा शान्ति सुव्यवस्थाका लागि अहोरात्र खटिने दुई इमान्दार प्रहरी मारिएको भन्दै दुःख प्रकट गरे । गोली प्रहार गरेका क्यामारिल्लोले उक्त घटना भएलगत्तै आत्महत्या गरेका थिए । प्रहरी रेकर्डमा प्रहरीमाथि गोली चलाउने ती व्यक्तिलाई विभिन्न अपराधमा यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो ।टेक्सासका गभर्नर ग्रेग अब्बोटले आफूले प्रहरीको सेवा र साहसप्रति सदैब गर्व गर्ने गरेको बताउँदै दिवंगत प्रहरीका परिवारप्रति गहिरो समवेदना प्रकट गरे । प्रहरीको मृत्युप्रति टेक्सासका विभिन्न राजनीतिक तथा सम्बन्धित निकायहरुले दुःख प्रकट गरेका छन् । –एपीक्याटेगोरी : अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप