कोरोना संक्रमणका कारण बेलायतमा रोकिएका नेपालीहरु दुईवटा जहाजबाट नेपाल फर्किँदै
लण्डन – विभिन्न कारणले बेलायतमा आएर कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरुलाई स्वदेश फर्काउने अन्तिम तयारी भएको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको जानकारी अनुसार यहि जुन २४ तारिख बुधबार र २६ तारिख शुक्रबारका दिन जजिरा एअरलाइन्सका दुइवटा चार्टर फ्लाइट मार्फत नेपालीहरुलाई स्वदेश फर्काउने तय भएको हो ।
१ सय ५८ यात्रु क्षमता भएको ए ३२० जजिरा एअरलाइन्सका दुईवटा जहाजबाट प्रथामिकताका आधारमा ३सय १६ जना नेपालीहरु स्वदेश फर्किनेछन् । बेलायतको ग्याटवीक एअरपोर्टबाट उडान भर्ने तय भएका दुवै जहाजहरु स्थानीय समय अनुसार दिउँसोको ३ बजेर ५० मिनेटमा जुन २४ तारिख बुधबार र २६ तारिख शुक्रबार काठमाण्डौका लागि उड्नेछन् । उडान भरेको दिनको भोलिपल्ट बिहान नेपाली समय अनुसार ९ बजेर १० मिनेटमा काठमान्डौमा अवतरण गर्ने तयारी रहेको छ ।
कुवेतमा डेढ घन्टाका लागि रोकिने भएपनि यात्रुहरुले बाहिर निस्कन भने पाउने छैनन् । दूतावासको सूचीमा ४ सय २० जना रहे पनि विभिन्न कारणले गर्दा स्वदेश फर्किन चाहनेको संख्या ३ सय १६ जनाको मात्र तय भएको छ। स्वदेश फर्किन चाहने बाँकी नेपालीहरुलाई प्राथमिकताका आधारमा अर्को व्यबस्था गरिने पनि दूतावासले बताएको छ ।
बेलायतबाट काठमान्डौका लागि एकतर्फी भाडादर १ हजार १ सय डलरको हाराहारीमा निर्धारण गरिएको छ । नेपाल फर्किनको लागि सबैले अनिवार्य रुपमा कोरोना नेगेटिभ रहेको पिसिआर रिपोर्ट बुझाउनुपर्ने छ ।
नेपाल पुगेपछि सरकारद्वारा निर्धारित स्थानमा १४ दिनसम्म अनिवार्य रुपमा आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नु पर्नेछ । नेपालमा पुगेपछि क्वारेन्टाइनमा बस्दाका अवधिमा कम्तिमा ४० हजार रुपैयाँदेखि एक लाख दश हजारसम्म खर्च हुनसक्ने बताइएको छ ।
दूतावासको सूचीमा प्राथमिकतामा परेर नेपाल जानेहरुले उडानको टिकट जजिरा एरअरलाइन्सको नेपाल एजेन्ट एबल नेपाल ट्राभल एण्ड टुर्स प्राइभेट लिमिटेड मार्फत लिनुपर्ने छ।
नेपाल सरकारले गरेको निर्णय बमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरणगर्ने सम्बन्धी आदेश, २०७७’ जारी भए अनुसारविदेशमा रोकिएर रहेका नेपालीलाई प्रथामिकताका आधारमा स्वदेश फर्काउने काम शुरु भएकोहो ।
अहिलेसम्म हजारौंको संख्यामा भारतबाहेकका मुलुकबाट नेपालीहरुस्वदेश फर्किसकेका छन् ।
क्याटेगोरी : बेलायत
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस