गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ट्रम्पले पहिलो पटक स्विकार गरे, ‘अमेरिकामा कोरोनाका कारण १ लाख वा सोभन्दा बढीको मृत्यु हुनसक्छ’ ट्रम्पले पहिलो पटक स्विकार गरे, ‘अमेरिकामा कोरोनाका कारण १ लाख वा सोभन्दा बढीको मृत्यु हुनसक्छ’ एजेन्सी चैत्र १७, २०७६ गते १२:१९ मा प्रकाशित एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेका संख्या १ लाख वा सोभन्दा बढी पनि हुनसक्ने स्विकारोक्ति गरेका छन् । उनले आइतबार पहिलो पटक सो कुरा स्विकार्दै मृतकको संख्या १ लाख वा सोभन्दा कम भए आफूहरुले राम्रै काम गरेको मान्नुपर्ने बताएका छन् ।अमेरिकाका संक्रामक रोगको उत्कृष्ट विशेषज्ञ डा. एन्थोनी फसीले सीएनएनसँग भाइरसका कारण एक लाख अमेरिकी जनताको मृत्यु हुने बताएका थिए । ट्रम्पलाई फसीको यही अनुमानबारे प्रश्न सोध्दा उनले सो कुरा स्विकारेका हुन् ।आइतबार साँझ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले आगामी अप्रिल ३० सम्मका लागि सोसल डिस्ट्यान्सिङ नियम लम्ब्याइएको जानकारी दिए ।उनले भने, ‘हामीले कोभिड–१९ बारे कतिजनाको मृत्यु हुन्छ भन्नेबारे सटिक र प्रष्ट जानकारी पाएका छौं ।’उनले थपे, ‘यदि हामीले केही पनि गरेनौं भने यो संख्या २० लाख पुग्नेछ ।’यद्यपि, उनले ठ्याक्कै संख्या भने तोकेनन् । यसअघि फसीले अमेरिकामा कोरोना भाइरसको लाखौं संक्रमित देख्न सकिने बताएका थिए ।क्याटेगोरी : अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप