गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकी वरिष्ठ अधिकारकर्मी जोसेफको शुक्रबार निधन अमेरिकी वरिष्ठ अधिकारकर्मी जोसेफको शुक्रबार निधन एजेन्सी चैत्र १५, २०७६ गते २३:२६ मा प्रकाशित न्यूयोर्क – अमेरिकी समाजमा नागरिक अधिकारको पक्षमा जीवनभर वकालत गरेका वरिष्ठ अधिकारकर्मी जोसेफ लोवेरीको शुक्रबार निधन भएको छ । उनी ९८ वर्षका थिए ।लोवेरीले एटलान्टास्थित आफ्नै निवासमा परिवारका सदस्यहरूबीच प्राकृतिक मृत्युवरण गर्नुभएको पारिवारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उनकी धर्मपत्नी एभिलिन गिब्सन लोवेरीको ७० वर्षको सहयात्रापछि सन् २०१३ मा मृत्यु भएको थियो ।अमेरिकाका वरिष्ठ नागरिक अधिकार अभियन्ता लोवेरी अफ्रिकी–अमेरिकी नागरिकका अधिकारका लागि अमेरिकी अभियन्ता मार्टिन लुथर किङ्ग जुनियरका अति मिल्ने साथी थिए ।लोवेरीले ‘क्रिष्टियन लिडरसिप कन्फ्रेन्स’का संस्थापक सदस्य हुनुहुन्छ । उहाँले सोही संस्थामा रहेर मार्टिन लुथर किङ्ग जुनियरसँगै काम गरेका थिए । उक्त संस्थाले विशेष गरी अमेरिकामा श्वेत र अश्वेतहरूबीचको भेदभावविरूद्ध लामो समयसम्म अभियान चलाएको थियो ।उनले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति रहेका समय अमेरिकाको शीर्ष नागरिक सम्मान ‘प्रेसिडेन्सल मेडल अफ फ्रिडम’ प्रदान गरेका थिए ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप