Techie IT
×
गृहपृष्ठखेलकुदकराँते प्रतियोगिता सम्पन्न, प्याराडाईज स्कूल प्रथम

कराँते प्रतियोगिता सम्पन्न, प्याराडाईज स्कूल प्रथम


काठमाडौं – ह्वाईट हेवन स्कूल र मनकामना डोजोको सयूंक्त आयोजनामा प्रथम ओप्पन राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल प्रहरीका आईजिपि सर्वेन्द्र खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेस नम्बर ३ हेटौडाका सामाजिक विकाश मन्त्रालय सदस्य सचिव सूर्यलाल भण्डारी विशेष अतिथिका रुपमा सहभागि भएका थिए ।

प्रतियोगितामा प्याराडाईज स्कूल पहिलो विजेता हुन सफल भएको थियो भने इचङ्ग डोजोले दोस्रो स्थान हात पार्न सफल भएको थियो ।

मनकामना डोजोले तेस्रो स्थान हासिल गरेको उक्त प्रतियोगितको सभापतित्व ह्वाईट हेवन एकेडमिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले गरेका थिए ।

होटल व्यवसायी संघका अध्यक्ष रामजि वराल, ह्वाईट हेवन स्कूलका प्रधानाध्यापक भरतमणि पोखरेल लगाएतको सहभागिता रहेको उक्त कार्यक्रममा मनकामना डोजोका अध्यक्ष तथा रेफ्रि काउन्सिलका सचिव छत्र बहादुर आलेले आयोजका रुपमा निकै कौशतापूर्वक प्रतियोगता सम्पन्न गराउन भुमिका निर्वाह गरेका थिए ।

दीप सञ्चार मिडियासंग कुरा गर्दै मनकामना डोजोका प्रशिक्षक तथा प्रतियोगिताका आयोजक नारायण श्रेष्ठले यी र यस्ता प्रतियोगताहरुले मैत्रीपूर्ण वातारण सृजना गर्ने बताउदै आगामि दिनमा पनि यसले निरन्तता पाउने बताए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस