गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश २ ∕ विमा समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न विमा समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न दीप संञ्चार कात्तिक २३, २०७६ गते १७:१९ मा प्रकाशित जनकपुर – जीवन विमाप्रति मानिसको जागरुकता बढिरहे पनि सिमित मानिसले मात्रै विमा लाभ लिइरहेको सरोकारवालाले बताएका छन् । शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा वक्ताहरुले अझै पनि गाउँ घरसम्म जीवन विमाबारे अधिकांशलाई जानकारी नै नभएकै कारणले विमा गराउन सेवाग्राही हिच्किने गरेको बताएका हुन् ।विमा नियमनकारी नियकाद्वारा आयोजित स्थानीय तहसँग विमा समिति अन्तरक्रिया कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जीवन विमाबारे प्रचार–प्रसाको कमी र जनचेतनाको अभावमा कृषि विमाको महत्व नै कसैले नबुझेको बताए ।त्यस्तै जनकपुरधाम उपमहानगरपालिका उपमेयर रिता झाले जीवन विमा जीवनकै लागि महत्वपूर्ण रहेको बताइन् । उनले जीवन विमाले परिवारका लागि धेरै नै उपयोगी भएको बताइन् ।त्यस्तै विमा समितिका अध्यक्ष चिरिञ्जिवी चापागाईले प्रदेश नम्बर २ कृषि क्षेत्र रहेपनि यस प्रति सरोकारवालाले वास्ता नगर्दा आर्थिक समृद्धिको बाटोतर्फ अग्रसर हुन कठिनाई भएको बताए ।उनले समाजमा विमाबारे यथेष्ट कार्यक्रम तथा जनचेतनाको फलस्वरुप आम मानिसमा विमाबारे बुझेपनि यसको उपयोग र उपयोगीबारे अझै पनि अग्रसर हुन नसकेको प्रष्ट्याए । यस अन्तरक्रिया कार्यक्रममा ३ दर्जन भन्दा बढि जनकपुरमा सक्रिय विमा कम्पनीका प्रतिनिधिसहित ५ सयभन्दा बढी प्रतिनिधि तथा अभिकर्ताहरुको सहभागिता थियो ।क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलकडाउन अपडेट: जनकपुर क्षेत्रमा भएको प्रभाव (फोटो फिचर)झापाको बिर्तामोडमा बहुसांस्कृतिक पर्यटन महोत्सव हुनेगोली हानी एक युवकको हत्या, अभियुक्त पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट