गृहपृष्ठ ∕ खेलकुद ∕ विश्वकप क्रिकेट : अफगानिस्तानमाथि न्युजिल्याण्डको सानदार जित विश्वकप क्रिकेट : अफगानिस्तानमाथि न्युजिल्याण्डको सानदार जित दीप संञ्चार कात्तिक २, २०८० गते ६:५६ मा प्रकाशित आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्ड शीर्षस्थानमा उक्लिएको छ । भारतको चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा गएराति सकिएको खेलमा अफगानिस्तानलाई १ सय ४९ रनले हराउँदै न्युजिल्याण्डले फराकिलो जित निकालेको हो ।न्युजिल्याण्डले जितका लागि दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३९ रनमा समेटियो ।अफगानिस्तानका रहमत शाहले ३६ रन बनाए । यस्तै, अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।न्युजिल्याण्डका मिचेल सेन्टनर र लाकी फर्गुसनले ३–३, ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले १ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतीमा २ सय ८८ रन बनाएको थियो । न्युजिल्याण्डका टम लाथमले ६८ र विल योङ्गले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।अफगानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले २–२ तथा रासिद खान र मुजिब उर रहमानले समान एक–एक विकेट लिए ।जारी विश्वकपमा न्युजिल्याण्ड ४ खेलबाट ८ अंकका साथ शीर्ष स्थानमा छ भने २ अंक रहेको अफगानिस्तान अन्तिमबाट दोस्रोमा छ ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप