गृहपृष्ठ ∕ खेलकुद ∕ एकदिवसीय विश्वकप : अस्ट्रेलियाको पहिलो जित एकदिवसीय विश्वकप : अस्ट्रेलियाको पहिलो जित दीप संञ्चार असोज ३०, २०८० गते ७:५२ मा प्रकाशित अस्ट्रेलियाले जारी आइसीसी क्रिकेट विश्वकपमा पहिलो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले यस विश्वकपमा पहिलो जित हासिल गरेको हो ।श्रीलंकाले दिएको २१० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।अस्ट्रेलियाका लागि जोश इंगलिसले सर्बाधिक ५८ रन बनाएका थिए भने मिचेल मार्शले ५२ रन बनाएका थिए । त्यसैगरी मार्नस लाबुस्चागनेले ४०, ग्लेन म्याक्सवेलले अविजित ३१ रन बनाए भने मार्नोस स्टोइनिसले अविजित २० रन बनाएका थिए ।त्यसैगरी श्रीलंकाका बलर दिल्सान मधुशंकाले सर्बाधिक ३ विकेट लिएका थिए भने दुनिथ वेल्लालागेले एक विकेट लिएका थिए ।यसअघि पहिला ब्याटिंग गरेको श्रीलंका ४३.३ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो । एक समय २१५ रनको ओपनिंग साझेदारी गरेको श्रीलंका त्यसपछि सम्हालिन नसक्दा अल आउट भएको थियो ।श्रीलंकाका लागि पाथुम निसान्काले ६१ र कुसल परेराले ७८ रन बनाए भने चरिथ असलंकाले २५ रन बनाए । यी बाहेक श्रीलंकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।त्यसैगरी अस्ट्रेलियाका बलर एडम जाम्पाले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्क र कप्तान पाट कमिन्सले २/२ विकेट र ग्लेन म्याक्सवेलले एक लिएका थिए ।यो जितपछि अस्ट्रेलियाको ३ खेलमा २ अंक भएको छ । त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार तीन खेलमा हार बेहोरेको छ ।अब अस्ट्रेलियाले आगामी शुक्रबार पाकिस्तानसँग खेल्ने तालिका छ भने श्रीलंकाले शनिबार नेदरल्याण्डससँग खेल्ने छ ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै