गृहपृष्ठ ∕ खेलकुद ∕ एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै दीप संञ्चार भदौ २४, २०८० गते ८:११ मा प्रकाशित एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ।यो खेल श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि सुरु हुनेछ। सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ।यस एसिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त हुदैछ। समुह चरणमा भएको खेल वर्षाले रद्ध भएपछि दुवैले बाँडेका थिए। सो खेलमा भारतले पहिला ब्याटिंग गरेर २६६ रन बनाएपनि वर्षाले पाकिस्तानको ब्याटिंग शुरु नै हुन सकेको थिएन भारत र पाकिस्तानबीचको यो खेलमा एक दिन रिजर्भ डे हुने भएको छ।एशियन क्रिकेट काउन्सिल (एसीसी) ले कोलम्बोमा वर्षाको अनुमानपछि यो खेलमा एक दिन रिजर्भ डे हुने औपचारिक घोषणा गरको छ। जारी एशिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र रिजर्भ डे को व्यवस्था गरिएको हो।एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारत र पाकिस्तान अहिलेसम्म १३३ पटक आमने सामने भएका छन्। जसमा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ भने भारतले ५५ खेलमा जितेको छ। त्यस्तै ५ खेलको नतिजा निस्केको छैन।त्यस्तै एसिया कपको इतिहासमा भने भारत र पाकिस्तान यसअघि १७ पटक आमने सामने भएका छन्। जसमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले ६ खेल जितेको छ। त्यस्तै २ खेल नतिजाविहिन बनेको थियो। क्याटेगोरी : खेलकुदट्याग : #एसियन कप क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै