गृहपृष्ठ ∕ खेलकुद ∕ एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै दीप संञ्चार भदौ २४, २०८० गते ८:११ मा प्रकाशित एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ।यो खेल श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि सुरु हुनेछ। सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ।यस एसिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त हुदैछ। समुह चरणमा भएको खेल वर्षाले रद्ध भएपछि दुवैले बाँडेका थिए। सो खेलमा भारतले पहिला ब्याटिंग गरेर २६६ रन बनाएपनि वर्षाले पाकिस्तानको ब्याटिंग शुरु नै हुन सकेको थिएन भारत र पाकिस्तानबीचको यो खेलमा एक दिन रिजर्भ डे हुने भएको छ।एशियन क्रिकेट काउन्सिल (एसीसी) ले कोलम्बोमा वर्षाको अनुमानपछि यो खेलमा एक दिन रिजर्भ डे हुने औपचारिक घोषणा गरको छ। जारी एशिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र रिजर्भ डे को व्यवस्था गरिएको हो।एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारत र पाकिस्तान अहिलेसम्म १३३ पटक आमने सामने भएका छन्। जसमा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ भने भारतले ५५ खेलमा जितेको छ। त्यस्तै ५ खेलको नतिजा निस्केको छैन।त्यस्तै एसिया कपको इतिहासमा भने भारत र पाकिस्तान यसअघि १७ पटक आमने सामने भएका छन्। जसमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले ६ खेल जितेको छ। त्यस्तै २ खेल नतिजाविहिन बनेको थियो। क्याटेगोरी : खेलकुदट्याग : #एसियन कप क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल