गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते दीप संञ्चार चैत्र ९, २०७९ गते १२:३३ मा प्रकाशित युक्रेनको राज्य आपतकालीन सेवाले बुधबार एक विज्ञप्ति जारी गर्दै कीभ क्षेत्रमा रुसी मानवरहित युद्धयान हमलामा कम्तीमा आठ जनाको मृत्यु भएको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, “१८:०० (साँझ ६:०० बजे) सम्म, ८ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् र १ जनाको उद्धार गरिएको छ।” “चारजना व्यक्ति भग्नावशेषमुनि रहेको सम्भावना छ।”कीभ क्षेत्रका प्रहरी प्रमुख आन्द्री निबेतोभले यसअघि मानवरहित युद्धयान छात्रावासको भवनमा प्रहार गरेको बताएका थिए। प्रहरी र आपतकालीन सेवाहरूले आक्रमणपछि २०० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको निबेतोभले बताए।त्यसै गरि युक्रेनको राज्य आपतकालीन सेवाले बुधबार जापोरिझियामा क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जनाएको छ ।युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार पूर्वी डोनबास क्षेत्रको अघोषित भ्रमण गरेपछि रुसी बमबारीको नतिजा देख्दा दुःख लागेको बताएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन युद्ध तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न