Techie IT
×
गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला २ जना बेपत्ता ,हत्याको शंका

अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला २ जना बेपत्ता ,हत्याको शंका


अमेरिकाको मिनेसोटा राज्यको एक तालमा प्रहरीले १ बालक मृत फेला पारेका छन् भने अन्य २ जना हराइरहेका प्रहरीले जनाएका छन् । प्रहरीहरुका अनुसार हत्या भएको हुन सक्ने बताए ।

मिनेसोटाका प्रहरी अधिकारीहरूले गत शुक्रबार ढिलो उद्धार र पुनस् प्राप्ति गर्ने प्रयासहरू गरि रहेका छन ।

तीन बच्चाकी आमा जसमध्ये सबै ५ वर्ष मुनिका देखिन्छन । प्रहरीका अनुसार आमा पनि हराइ रहेकी जनाएका छन् । सेन्ट पलको उत्तरमा रहेको भाडनेस ताल नजिकै उनको गाडी (कार) र बच्चाहरूको जुत्ताको जोडी प्रहरीले फेला पारेका छन् ।

“हामीलाई अझै थाहा छैन कि उनीहरूको आमा कहाँ छिन्, तर हामी यसलाई सम्भावित तीन जनाको हत्या भएको ठान्छौ ,” राम्से काउन्टी शेरिफ बब फ्लेचरले शुक्रबार एक पत्रकार सम्मेलनमा भने।

स्थानीय समय अनुसार शुक्रबार बिहान १०:३० घटना बारेमा प्रहरीलाई खबर गरिएको थियो भने प्रहरीले दिउँसो ४ बजेतिर तालमा प्रतिक्रिया दिएको बताएका छन ।

शुक्रबार साँझ पानी गस्ती र गोताखोर टोलीहरूले मानवरहित यान (ड्रोन) र अन्य स्रोतहरू प्रयोग गरेर सक्रिय रूपमा खोजी गरिरहेका फ्लेचरले बताए ।


क्याटेगोरी : अमेरिका
ट्याग : #अमेरिका

तपाईको प्रतिक्रिया दिनुहोस