गृहपृष्ठ ∕ खेलकुद ∕ थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य दीप संञ्चार जेठ २४, २०७९ गते १३:४७ मा प्रकाशित आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन । बान्थिदा लेप्हाथानाले १९ रनको योगदान गरिन् । बलिङतर्फ नेपालका लागि मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले दुई–दुई विकेट लिइन् । त्यस्तै स्नेहा महराको नाममा एक विकेट हात पारिन् ।नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ । यसअघि भएका तीन खेलमा नेपालले दुई खेलमा जित निकालेको छ । नेपाल ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ । क्याटेगोरी : खेलकुदट्याग : #यू–१९ महिला टी–ट्वान्टी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल