Techie IT
×
गृहपृष्ठखेलकुदलिग टुका लागी सन्दीपको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा

लिग टुका लागी सन्दीपको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा


काठमान्डौ-आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने सिरिजका लागि नेपालले टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

टोलिमा कप्तान सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल,, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख,विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदील अन्सारी, करण केसी, सोमपाल कामी, बिक्रम सोब, किशोर महतो, सागर ढकाल रहेका छन।

नेपालले अमेरिकामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सिरिज आगामी जुनमा हुनेछ । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ ।

नेपालले तेस्रो खेलमा ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस