गृहपृष्ठ ∕ खेलकुद ∕ पारस दशकको सर्वोत्कृष्ट नेपाली खेलाडी पारस दशकको सर्वोत्कृष्ट नेपाली खेलाडी दीप संञ्चार चैत्र ८, २०७८ गते २१:०१ मा प्रकाशित नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का पछिल्लो दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष कोभिड महामारीको चपेटामा परेर खेलक्षेत्र गतिविधिसुन्य भएका कारण फरक स्वरूपमा गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पारसले यस्तो अनुपम सफलता हासिल गरेका हुन् ।मञ्चले प्रत्येक वर्ष अघिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई पुरस्कृत गर्ने गरेकोमा यसपालि भने पछिल्लो दशकभरको सफलतालाई मानक मान्दै अवार्ड वितरण गरेको थियो । जहाँ अन्य विभिन्न विधाका खेलकर्मीसँगै दशकको उत्कृष्ट खेलाडी पुरुष र महिला तथा प्रशिक्षक सम्मानित भएका थिए ।मंगलबार प्रज्ञा भवनमा भएको नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्ड कार्यक्रममा पछिल्लो दशक नेपाली क्रिकेटमा एक छत्र राज गरेका पारस सम्मानित भए । उनी यसअघि एक पटक युवा विधासमेत गरी अवार्डमा पाँच पटक वर्षको उत्कृष्ट खेलाडी घोषित भइसकेका थिए ।नेपाली क्रिकेटलाई विश्व क्रिकेट लिग डिभिजन पाँच बाट चार, तीन र दुई हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनमा पारसको व्यक्तिगत प्रदर्शन तथा नेतृत्वदायी भूमिका महत्त्वपूर्ण थियो ।सन् २०१३ मा युएईमा भएको एसिसी ट्रफी जिताउन सफल कप्तान पारसले लगत्तैको वर्ष नेपाललाई पहिलो र अहिलेसम्मकै एकमात्र ट्वान्टी २० विश्वकप सम्म पुर्याउँदा सफल नेतृत्व गरेका थिए । सन् २०१८ मा नेपाललाई एकदिवसिय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनु पारस अनि नेपाली क्रिकेटको अनुपम सफलतामा पर्छ ।क्याटेगोरी : खेलकुदट्याग : #पारस खड्का तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप