गृहपृष्ठ ∕ ग्लोबल ∕ बेलायत ∕ बेलायतमा बाहिर जाँदा मास्क र कोभिड पास नचाहिने बेलायतमा बाहिर जाँदा मास्क र कोभिड पास नचाहिने दीप संञ्चार माघ ७, २०७८ गते १३:५२ मा प्रकाशित एजेन्सी – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘प्लान ए’ नाम दिइएको नियम उल्टाइदिएका छन् । बुस्टर डोज र जनताले प्लान ‘बी’ नीति अवलम्बन गरेकाले अब प्लान ‘ए’ लाई उल्टाइएको प्रधानमन्त्री जोनसनले बताएका हुन् ।बोरिसले घरबाट काम गर्नुपर्ने नियमलाई पनि छिट्टै नै हटाउने बताएका छन् । बोरिसका अनुसार देशका वैज्ञानिकले ओमिक्रोनको लहर उत्कर्षमा पुगिसकेको विश्वास गरेका छन् ।डाउनीङ स्ट्रिटको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री साजिद जाभेदले भने, ‘यो हामी सबैले गर्व गर्न लायकको अवस्था हो ।’‘सबैजना मिलेको अवस्थामा कुनै पनि देशले आफ्नो उद्देश्य प्राप्त गर्न सक्छ भन्ने कुरालाई यसले एकपटक पुनः स्मरण गरिदिएको छ ।’उनले थपेका छन्, ‘तर यसलाई फिनिस लाइनको रुपमा हेर्न हुँदैन । किनकी भाइरस र यसका भावी भेरियन्टलाई निर्मुल पार्न सकिन्नँ । यसको सट्टा हामीले फ्लू हुँदा जसरी जीवनयापन गर्छौँ त्यसरी नै कोभिडसँग पनि बाँच्न सिक्नुपर्छ । ’उनले भाइरसलाई किनारामै राख्न जनतालाई हात धुने, हावाको प्रवाह हुन सक्ने कोठामा बस्ने र पोजिटिभ आएमा स्वयंलाई आइसोलेसनमा राख्ने लगायतका काम गर्न आग्रह गरेका छन् । यसैगरी खोप नलगाएकालाई खोप लगाउन दबाब दिन समेत उनले आग्रह गरेका छन् ।हाउस अफ कमन्समा गरिएको सम्बोधनमाप्रधानमन्त्रीले समेत यसै कुरालाई जोड दिएका छन् ।रात्रीकालीन क्लबमा जान र ठूला कार्यक्रममा जान कोभिड पासपोर्ट आवश्यकता पर्ने उनले बताए ।बेलायतमा ओमिक्रोनका कारण लागू गरिएको प्रतिबन्ध जनवरी २६ मा समाप्त हुँदैछ ।क्याटेगोरी : बेलायतट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…पूर्व गोर्खाका छोरा किरण बेलायतमा बेपत्ता,खोजी गरिदिन एनआरएनए युकेलाई परिवारको…बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टि आजमहारानी एलिजाबेथ द्वितीया : महारानीको मृत्यु भएपछि उनको तस्बिर अङ्कित… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न