गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको टेक्सासमा बन्धक यहुदीको रिहाइ अमेरिकाको टेक्सासमा बन्धक यहुदीको रिहाइ दीप संञ्चार माघ २, २०७८ गते २१:०६ मा प्रकाशित एजेन्सी -अमरिकाको टेक्सास राज्यको डलास शहरमा बन्धक बनाइएका चार जनालाई मुक्त गराइएको छ । कोलिविलको यहुदीको पूजा स्थल सिनगोगमा उनीहरुलाई बन्धक बनाइएको थियो । प्रहरीसँग १० घण्टा चलेको गतिरोधपछि उनीहरुलाई त्यहाँबाट सुरक्षित निकालिएको हो। बन्धकमा सिनगोगका रब्बी पनि सामेल थिए।यसअघि प्रहरीको विशेष टिम त्यहाँ तैनाथ गरिएको थियो । एफबीआईका नेगोशिएटर्सले पनि आक्रमणकारीसँग कुराकानीमा घण्टौं लगाएका थिए । प्रहरीका अनुसार आक्रमणकारीको मृत्यु भएको छ । तर मृत्यु कसरी भयो भन्ने जानकारी प्राप्त नभएको जनाइएको छ । घटनान शान्त हुनु अघि विस्फोट र गोलीको आवाज सुनिएको थियो ।स्थानीय मीडियालाई कानुन प्रवर्तन अधिकारीहरुले बताए अनुसार बन्धक बनाउनेहरुले पाकिस्तानी न्यूरोसाइन्टिस्ट आफिया सिद्दीकी को रिहाइको माग गरेको पनि सुनिएको थियो । आफिया अहिले अमेरिकामा ८६ वर्षको जेल सजाय काटिरहेका छन् । अफगानिस्तानमा एक अमेरिकी सैन्य अधिकारीलाई मार्ने कोशिशको आरोपमा आफिया दोषी ठकर भएका थिए ।इजरालयका प्रधानमन्त्री नफ्ताली बेनेटले यस घटनाबारे यहुदी समुदायलाई सम्बोधित गर्दै भनेका थिए, ‘म कोलिविल र विश्वभरका यहुदीलाई भन्न चाहन्छु कि तपाईं एक्लै हुनुहुन्न हामी तपाईंको साथमा खडा छौं ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न