गृहपृष्ठ ∕ ग्लोबल ∕ बेलायत ∕ बेलायत : पछिल्लो २४ घण्टामा झण्डै एक लाख बीस हजार कोरोना संक्रमित बेलायत : पछिल्लो २४ घण्टामा झण्डै एक लाख बीस हजार कोरोना संक्रमित दीप संञ्चार पुस ९, २०७८ गते ८:४५ मा प्रकाशित एजेन्सी बेलायतमा दैनिक कोरोना संक्रमितको नयाँ कृतिमान लगातार कायम रहँदै आएको छ। बुधबारको कृतिमान तोड्दै बिहीबार एकैदिन झन्डै एक लाख बीस हजार संक्रमित थपिएका छन् । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी एक लाख छ हजार भन्दा बढी संक्रमित थपिएका थिए । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टामा थप एक लाख १९ हजार ७८९ जना संक्रमित थपिएका छन् ।यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड १७ लाख ६९ हजार ९२१ पुगेको छ । कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण बढेपछि बेलायतमा हाल संक्रमण दर निकै तीव्र रुपमा फैलिएको छ । यसअघिको डेल्टा भेरिएन्टको तुलनामा ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिने भएपनि यसको असर डेल्टा भेरिएन्ट भन्दा कम रहेको र अस्पताल भर्ना हुनुपर्ने अवस्था पनि न्यून रहेको अध्ययनले देखाएको छ ।संक्रमण दरमा आएको तीव्रताका कारण बेलायतका अस्पतालमा कर्मचारीको अभाव खट्किन थालेको छ । डिसेम्बर महिनामा करिब १९ हजार कर्मचारीहरु कोरोना संक्रमणका कारण अनुपस्थित रहेको अधिकारीहरुले बताएका छन् । कोरोना संक्रमणका कारण स्वास्थ्य तथा रेल सेवामा परेको असुविधालाई मध्यनजर गर्दै सरकारले लागू गरेको १० दिनको क्वारेन्टाइन अवधिलाई घटाएर ७ दिनमा झार्ने निर्णय गरेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा कोरोनाका कारण १४७ जनाको ज्यान गएको छ । योसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या एक लाख ४७ हजार ७२० पुगेको छ ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा एक हजार भन्दा बढी अस्पताल भर्ना भएका छन् । बेलायतका अस्पतालमा कोरोनाका भर्ना हुनेको संख्यामा सामान्य वृद्धि भएर आठ हजार २१६ पुगेको छ । तेस्तै ८४२ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।बेलायतमा हालसम्म कोरोनाविरुद्धको १३ करोड ५ लाख १२ हजार ७० डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १६ लाख १७ हजार ९१ जना अर्थात् ८९.८ प्रतिशतले खोपको पहिलो र ४ करोड ७२ लाख १० हजार ५३ जना अर्थात् ८२.१ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसैगरी ३ करोड १६ लाख ८४ हजार ९२६ अर्थात् ५५.१ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।क्याटेगोरी : बेलायतट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…पूर्व गोर्खाका छोरा किरण बेलायतमा बेपत्ता,खोजी गरिदिन एनआरएनए युकेलाई परिवारको…बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टि आजमहारानी एलिजाबेथ द्वितीया : महारानीको मृत्यु भएपछि उनको तस्बिर अङ्कित… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न