गृहपृष्ठ ∕ खेलकुद ∕ कतारमा नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलता कतारमा नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलता दीप संञ्चार मंसीर १, २०७८ गते २०:०२ मा प्रकाशित दोहा – नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।बुधबार कतारलाई ६१ रनले पराजित गर्दै नेपाली क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट श्रृङखला आफ्नो पक्षमा पार्दै ऐतिहासिक सफलता हात पारेको हो ।दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित ओभरको तीन बल बाँकी छँदा सबै विकेट गुमाउदै ६८ रनमै समेटियो ।कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोड्दा केरी पोनसेटले १५ रन जोडिन् । अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।नेपालका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्रीले दुई विकेट हात पार्दा संगिता राई र सवनम राईले र समान एक–एक विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । नेपालको लागि कप्तान रुबिना क्षेत्रीले ५० रन बनाइन् । ४८ बलमा रुबिनाले तीन चौका र एक छक्का प्रहार गरिन् ।यस्तै ओपनर ब्याटर कविता कुँवरले ३० बलमा ३१ रनको योगदान दिइन् भने अप्सिरी बेगमले अविजित २३ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउँन सकेनन् । नेपालकी डली भट्ट शून्य रनमा आउट भएकी थिइन् ।कतारको लागि एन्जिलीन मारेले दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी मारेले २८ रन खर्चिएकी थिइन् । यस्तै एलिना खान, सबिजा पानायन र साची ढड्वालले एकरएक विकेट लिए ।यसअघि तीन अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने