गृहपृष्ठ ∕ खेलकुद ∕ टी–२० विश्वकप : स्कटल्याण्डविरुद्ध नामिबिया विजयी टी–२० विश्वकप : स्कटल्याण्डविरुद्ध नामिबिया विजयी दीप संञ्चार कात्तिक ११, २०७८ गते ७:३१ मा प्रकाशित काठमाडौँ –आइसिसि टी–२० विश्वकप अन्तर्गतकोे खेलमा नामिबियाले स्कटल्यान्डलाई पराजित गरेको छ। सुपर १२ को समूह बी मा रहेको नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले हराएको हो।स्कटल्याण्डले दिएको १ सय १० रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले १९।१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। नामिबियाको जितमा जेजे स्मितले २३ बलमा २ चौका र २ छक्का सहित नटआउट ३२ रन जोडे। ओपनर के्रग विलियम्सले २३ र माइकल भ्यान लिङ्गेन १८ रन बनाए।पूर्व दक्षिण अफ्रिकी क्रिकेटर डेविड विसेले १६, किकेटकिपर जीन ग्रिनले ९ र गेहरार्ड इरास्म ४ रन बनाए। स्टकल्यान्डका माइकल लिस्कले सर्वाधिक २ विकेट लिए।त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो। स्कटल्यान्डका माइकल लिस्कले २७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए।क्रिस ग्रीभ्स २५ र म्याथ्यु क्रस १९ रनमा आउट भए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नामिबिया रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। जन फिंलिकले २, जेजे स्मित र डेविड विसेले १–१ विकेट लिए।नामिबिया सुपर १२ को समूह बी मा २ अंकका साथ तेस्रो स्थानमा छ। नामिबियाले अव आइतबार अफगानिस्तानसँग खेल्नेछ। २ खेलमा अंक बिहीन हुँदै पुछारमा रहेको स्कटल्यान्डले तेस्रो खेल बुधबार न्युजिल्यान्डसँग खेल्नेछ। नामिबियाले पहिलो पटक टी–२० विश्वकप खेलेको हो।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न