गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ चीनले आक्रमण गरे ताइवानलाई जोगाउने बाइडेनको दाबी चीनले आक्रमण गरे ताइवानलाई जोगाउने बाइडेनको दाबी दीप संञ्चार कात्तिक ५, २०७८ गते १२:५४ मा प्रकाशित काठमाडौँअमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरेमा ताइवानको रक्षार्थ अमेरिका खडा हुने बताएका छन् । ‘हो, हामीले त्यस्तो गर्ने प्रतिवद्धता गरेका छौं,’ ताइवानका विषयमा सोधिएको प्रश्नमा बाइडेनले भने । यसलाई चीनप्रतिको अमेरिकी विदेश नीति परिवर्तन भएको भनेर बुझ्न नमिल्ने ह्वाइट हाउसका प्रवक्ताले जनाएका छन् । यता, ताइवानले पनि बाइडेनको यो अभिव्यक्तिले चीनप्रतिको आफ्नो पोजिसन परिवर्तन नहुने प्रतिक्रिया दिएको छ ।लामो समयदेखि ताइवानको रक्षा गर्ने विषयमा अमेरिकी नीति अस्पष्ट छ । यदि, चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले कस्तो जवाफ फर्काउँछ भन्ने विषय अस्पष्ट छ । चीनले ताइवानलाई आफूबाट अलग्गिएको एक प्रान्तका रुपमा बुझ्छ, आवश्यक परेको दिन बल प्रयोग गरेर यसलाई आफ्नो मातहत ल्याउन सकिने चिनियाँ बुझाई छ । यता, ताइवानले आफुलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र ठान्छ ।अमेरिका र ताइवानबीच आधिकारिक रुपमा कुटनीतिक सम्बन्ध छैन । तर, ताइवान रिलेसन्स एक्टअन्तर्गत उसले ताइवानलाई हतियार बेच्छ । यही ऐनमा ताइवानले आफ्नो रक्षा गर्न खोज्दा अमेरिकाले सहयोग गर्नैपर्ने उल्लेख छ ।ताइवानका राष्ट्रपतिका प्रवक्ता जाभियर चेंगले आफ्नो रक्षाका लागि ताइवान प्रतिवद्ध रहेको बताएका छन् । त्यस्तै, बाइडेन प्रशासनले ताइवानको समर्थनमा निरन्तर रुपमा कडा अडान लिइरहेको विषय आफ्नो जानकारीमा आएको उनले बताएका छन् ।बाइडेनले चीनसँगको अन्तर्राष्ट्रिय द्वन्द्वबारे आफु चिन्तित नरहेको बताएका थिए । उनले भनेका थिए, ‘चीन, रुस र बाँकी विश्वलाई थाहा छ कि हामी विश्व इतिहासकै सबैभन्दा शक्तिशाली सेना हौं ।’ पछिल्लो समय चीन र ताइवान बीचको तनाव बढ्दो छ । बेइजिङले केही अघिमात्रै ताइवानको एयर डिफेनस क्षेत्रमा दर्जनौं लडाकु विमानहरु पठाएको थियो ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल