गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ जापानद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण जापानद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण दीप संञ्चार असोज १८, २०७८ गते १५:२६ मा प्रकाशित काठमाडौँ –नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण पनि जापान सरकारले सहयोग गरेकामा प्रशंसा व्यक्त गरे । उनले नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने बताए ।नेपालस्थित जापानका राजदूत किकुता युताकाले नेपाललाई सबै क्षेत्रमा जापानले सहयोग गर्दै आइरहेको बताए । उक्त एम्बुलेन्स मन्त्रालयले नेपाल एम्बुलेन्स सेवालाई आजै प्रदान गरेको छ । एम्बुलेन्स सेवाका अध्यक्ष डा।प्रदीप वैद्यले प्राप्त एम्बुलेन्सले बिरामीलाई सेवा प्रदान गर्ने बताए । एम्बुलेन्समा प्राथमिक उपचारसहितको सेवा बिरामीलाई दिइने उनले बताए । उनका अनुसार एम्बुलेन्समा एक जना इमर्जेन्सी मेडिकल टेक्निसियन ९इएमटी० सहितको प्राथमिक स्वास्थ्य उपचारसमेत गरिन्छ ।“एम्बुलेन्समा राखेर अस्पतालसम्म लैजाँदा बिरामीलाई केही समस्या पर्नसक्ने भएकाले हामीले एक जना इएमटी हुन्छन्”, अध्यक्ष वैद्यले भने, “ती इएमटीले बाटोमा बिरामीलाई केही समस्या परे भने उपचार गर्दछन ।” एम्बुलेन्समा भेन्टिलेटर, अक्सिजनलगायत स्वास्थ्य सामग्रीसहितको तीन महिना तालिम प्राप्त एक जान इएमटी रहने गर्दछन् । अध्यक्ष डा।वैद्यले अस्पतालसम्म लैजाँदा बिरामीलाई केही समस्या परेमा सामान्य उपचार गर्ने प्राविधिकसमेत एम्बुलेन्समा राखिने जानकारी दिए ।आज दिएकासँगै एम्बुलेन्स सेवासँग १८ एम्बुलेन्स हुनेछन् । सो संस्थाले १०२ नम्बरमा फोन गरे २४ घण्टा एम्बुलेन्स सेवा पुर्याउँदै आइरहेको छ । एम्बुलेन्सका लागि अहिले दैनिक ३० सम्म फोन आउने गरेका छन् । एम्बुलेन्स सेवाले काठमाडौंसहित पोखरा र चितवनका पनि सेवा विस्तार गरेको छ ।रासस क्याटेगोरी : जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचितजापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ?उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न