गृहपृष्ठ ∕ खेलकुद ∕ नेपालविरुद्ध मैदानमा उत्रिदै यी नेपाली चेली नेपालविरुद्ध मैदानमा उत्रिदै यी नेपाली चेली दीप संञ्चार असोज ५, २०७८ गते १४:२५ मा प्रकाशित काठमाडौँ –एएफसी एसियन महिला कपको छनोटमा नेपाली मुलकी स्नेहा लिम्बुले आज नेपाल विरुद्ध नै खेल्ने भएकी छिन् ।उज्वेकिस्तानमा जारी प्रतियोगितामाको दोस्रो खेलमा नेपालले आज दिउसो ३ः४५ बजे हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।हङकङमा जन्मेकी नेपाली छोरी स्नेहाले ८ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी थिइन् । १६ वर्षे स्नेहाले हङकङको राष्ट्रिय टोलीबाट एक खेल खेल्दै एक गोल गरेकी छिन् ।गत मार्च चारमा टर्कीस वुमेन्स कपअन्तर्गत रोमानियाविरुद्धको खेलबाट हङकङको राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी उनले त्यही खेलमा अन्तर्राष्ट्रिय गोलको खाता खोलेकी थिइन । उक्त खेलमा हङकङ ४/१ को नतिजामा पराजित भएको थियो ।केही वर्षअघि साउथ चाइना मर्निङ पोस्टले स्नेहालाई ब्राजिली सुपरस्टार नेइमारसँग दाँज्दै लेख प्रकाशित गरेको थियो । उक्त समाचारमा हङकङको महिला फुटबलमा स्नेहाको उपस्थिती नेइमारको जस्तै भनेर तुलना गरिएको थियो ।अर्को वर्ष भारतमा हुने एसियन कपका लागि छनोट हुने लक्ष्य राखेको नेपालले आज बलियो प्रतिद्वन्द्वी हङकङ लाई हराउनै पर्ने छ ।समूह ‘एफ’मा रहेको नेपालले पहिलो खेल फिलिपिन्ससँग खेलेको थियो । शनिबार भएको उक्त खेलमा नेपाल २/१ को नतिजामा पराजित भएको थियो ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने