गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ‘अमेरिका र चीनले आपसी सम्बन्ध नसुधारे शीतयुद्धको खतरा’ ‘अमेरिका र चीनले आपसी सम्बन्ध नसुधारे शीतयुद्धको खतरा’ दीप संञ्चार असोज ४, २०७८ गते २१:३८ मा प्रकाशित काठमाडौँ –संयुक्त राष्ट्रका महासचिवले एक नयाँ शीतयुद्धको चेतावनी दिँदै चीन र अमेरिकाले पूर्ण रुपमा अस्तव्यस्त भइसकेको आफ्नो सम्बन्धलाई सुधार्नु पर्ने सुझाव दिएका छन् । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले समाचार एजेन्सी असोसिएटेड प्रेससँग यस्तो धारणा व्यक्त गरेका हुन् ।समाचार एजेन्सी एपीलाई दिएको अन्तरवार्तामा उनले चीन र अमेरिकाबीच उत्पन्न तनावलाई अन्य देशमा फैलनबाट रोक्नका लागि यो कदम आवश्यक भएको बताए । यस हप्ता संसारका केही नेता संयुक्त राष्ट्रको वार्षिक सभामा कोभिड, जलवायुबारे चिन्तालगायतका थुप्रै विषयमा छलफल गर्ने तयारीमा छन् ।गुटेरेसले संसारका दुई प्रमुख आर्थिक शक्तिले जलवायु परिवर्तनको विषयलाई सहयोग गनुपर्ने बताएका छन् । उनले मानवाधिकार, अर्थव्यवस्था, अनलाइन सुरक्षा र दक्षिण चीन सागरजस्ता विवादास्पद मुद्दामा दुई देशले थप मजबुतीका साथ कुराकानी गर्नुपर्ने पनि धारणा व्यक्त गरे ।यूएनका महासचिवले भने, ‘दुर्भाग्य, हालको समयमा दुई देशबीच मनमुटाव मात्रै देखिएको छ ।’गुटेरेशले भने, ‘हामी दुई शक्तिका बीच एक व्यवसायिक सम्बन्ध पुनः स्थापित भएको हेर्न चाहन्छौं । खोप अभियान, जलवायु परिवर्तन र अन्य थुप्रै विश्वव्यापी चुनौतीको समाधान गर्नका लागि पनि यसो गर्न आवश्यक छ ।’क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप